काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगिक क्षैत्रमा बढेको भाडा फिर्ता लिन सरकारसँग माग गरेका छन्।
नेपाल उद्योग परिसंघको १९ अौँ साधारणसभामा बोल्दै अग्रवालले थला परेका उद्योगलाई भाडा बढाएर मारमा पारिएकाले तत्काल फिर्ता लिन प्रधानमन्त्री समक्ष माग गरेका हुन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७९ साउन १ गतेबाट लागू हुनेगरी सात गुणासम्म भाडा वृद्धि गरेको थियो।
यस्तो निर्णयबाट औद्योगिक उत्पादन घट्ने र अन्तत: रोजगारीसम्म प्रभावित हुने उनको भनाइ छ।