शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

जनार्दन शर्मामाथि छानबीन गर्न बनेको समितिको म्याद सात दिन थप

images
बिहीबार , साउन ५ २०७९
images
images
जनार्दन शर्मामाथि छानबीन गर्न बनेको समितिको म्याद सात दिन थप

बजेट निर्माण गर्दा तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबीन समिति बनेको थियो।

images
images

काठमाडौं- बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबीन गर्न बनेको संसदीय छानबीन समितिको म्याद सात दिन थप भएको छ।

images
images

बजेट निर्माण गर्दा तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबीन समिति बनेको थियो।

images
images

गत असार २२ मा बनेको समितिको म्याद १० दिन दिइएको थियो। उक्त समितिको म्याद बिहीबार सकिएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त छानबीन समितिको म्याद सात दिन थपेको जनाएका छन्। 

images
images
images

आधार र प्रमाणसहित उक्त विषयबारे निष्कर्षमा पुग्न र प्रतिवेदन पेश गर्न आवश्यक समय थप गर्न लेखिआएको भन्दै सभामुख सापकोटाले म्याद थप गर्न प्रतिनिधि सभामा सहमति जनाउन अनुरोध गरेका थिए। सांसदहरूको सहमतिसँगै म्याद थप भएको हो।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे तीन घण्टाको बयानपछि पूर्वअर्थमन्त्रीले भने- स्पष्ट जवाफ दिएँ बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे तीन घण्टाको बयानपछि पूर्वअर्थमन्त्रीले भने- स्पष्ट जवाफ दिएँ


प्रकाशित : बिहीबार , साउन ५ २०७९११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend