सोमबार, असोज ७ गते २०८१    
images
images

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे तीन घण्टाको बयानपछि पूर्वअर्थमन्त्रीले भने- स्पष्ट जवाफ दिएँ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ५ २०७९
images
images
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे तीन घण्टाको बयानपछि पूर्वअर्थमन्त्रीले भने- स्पष्ट जवाफ दिएँ

उनले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको समेत बताए।

images
images

काठमाडौं- बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिमा झण्डै तीन घण्टा बयान दिएका छन्। 

images
images
images

पूर्वअर्थमन्त्री शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन्। 

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले बिहीबार उनीसँग सोधपुछ गरेको थियो।

उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उनले बताएका छन्। संसदीय समितिको बैठकमा आफ्नो धारणा राखेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'उहाँहरूले सोध्नुभएका हरेक प्रश्नको जवाफ दिएको छु।'

images

समितिको बैठकमा उनले बजेट तयारीका क्रममा कुनै पनि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको तथा कुनै पनि अनाधिकृत काम नगरेको बताएका थिए। उनले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको समेत बताए। उनले आफूमाथि लागेको आरोप निराधार रहेकोसमेत उल्लेख गरे।

पूर्वअर्थमन्त्री शर्माले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको स्पष्ट पार्दै आफूलाई आरोप मात्र लगाइएको बताएका थिए।

चौतर्फीरुपमा आलोचना भएपछि प्रतिनिधिसभाले गत असार २२ गते ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिलाई १० दिनको समयावधि दिएका छन्। रासस  


प्रकाशित : बिहीबार , साउन ५ २०७९०७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend