शनिबार, वैशाख ८ गते २०८१    
images
images

चिप अभावले ‘ग्राउन्ड जिरो’मा पुग्दै चीन, विद्युतीय कार उत्पादन प्रभावित हुँदै

images
images
चिप अभावले ‘ग्राउन्ड जिरो’मा पुग्दै चीन, विद्युतीय कार उत्पादन प्रभावित हुँदै

केही चिनियाँ कम्पनीहरुले नै चिप समेत उत्पादन गर्न थालेका छन्। तर त्यो उत्पादन भइ बजारमा आउँदा र त्यसबारे विश्वास कायम हुँदासम्म विश्व बजार धेरै अघि बढिसक्ने अनुमान चिनियाँहरुले नै गरेका छन्। 

images
images

काठमाडौं- चीन संसारकै ठूलो कार बजार हो। चिनियाँ ब्रान्डका कार विश्व बजारमा धेरै बिक्री भएर नभइ चीन नै सबैभन्दा धेरै जनसंख्या भएको र त्यहाँका मानिसको क्रयशक्ति राम्रो हुँदा ठूलो कार बजार बन्न सफल भएको हो। 

images
images
images

विद्युतीय कार उत्पादनमा पनि आईसी इन्जिनयुक्त कार बजारकै फरमुला लागु भएको हो। त्यसका अलावा चिनियाँ कम्पनीहरुले विद्युतीय कार उत्पादन र त्यसका लागि चाहिने ब्याट्री उत्पादनमा भने ठूलो लगानी गरेका छन्। संसारको सबैभन्दा ठूलो कार ब्याट्री उत्पादक कम्पनी सीएटीएल पनि चीनमै छ। 

images

तर कोरोना महामारीपछि उत्पन्न परिस्थितिका कारण चीनसँगै सिंगो विश्वभर नै कार उत्पादनका लागि नभइ नहुने चिप (सेमिकन्डक्टर) अभाव रहेको छ। २ वर्षदेखि कार उत्पादकहरुले खेप्दै आएको सेमिकन्डक्टर अभाव अहिले पनि उस्तै छ र यो २०२३ सम्म कायमै रहने अनुमान गरिएको छ। 

images

चिनियाँ कार उत्पादकहरु चिप अभावको चरम अवस्थामा पुगेका छन्। कारमा चिप अनिवार्य नै हो। कारमा पावर सिस्टम, इन्जिन र ट्रान्समिसनसम्मका लागि चिप चाहिन्छ। चिप विद्युतीय कारका लागि झनै महत्वपूर्ण मानिन्छ। 

images
images

चीनको सान्जेनलाई टेक हवका रुपमा लिइन्छ। उक्त सहरमा अहिले सिंगापुरका एक चिप आपूर्तिकर्ताले चिप सप्लाइको तयारी गरिरहेका छन्। विशेषगरि विद्युतीय कारको इन्जिन र ट्रान्समिसनमा पावर र चार्जिङ सिस्टम सञ्चालनका लागि चाहिने चिपको मूल्य जर्मनीमा २३.५० अमेरिकी डलर पर्छ। तर अहिले चीनमा कार उत्पादकहरु ३ सय ७५ डलरसम्म तिर्न तयार रहेको रोयटर्सले लेखेको छ। सिंगापुरका ती सप्लायर १ सय डलरभन्दा बढीमा बिक्री गर्न विभिन्न कार उत्पादकसँग समानान्तर रुपमा कुरा गरिरहेका छन्।  

अटोमोबाइलका लागि आवश्यक पर्ने चिपको माग संसारभर नै अत्याधिक रहेको र आपूर्तिको समय धेरै पछिसम्म पुगिसकेको छ। तर हजारौं बिचौलीयाहरु भने चीनतर्फ केन्द्रित भएका छनु। चीनका धेरै कार उत्पादकहरु चिप अभावका कारण कार उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको ती बिचौलीयाहरुलाई थाहा भएको र उनीहरु महँगोमा चिप बिक्री गर्न लागि गरेका छन्। तर त्यसरी उपलब्ध हुने चिपले छोप पनि नलाग्ने अवस्थामा चिनियाँ अटोमोबाइल उद्योग पुगेको छ। त्यसैले चिप अभावले चीन ‘ग्राउन्ड जिरो’ सन्निकट रहेको रोयटर्सको विश्लेषण छ।

विश्वभर चिप अडरु गरेको १ वर्षपछि मात्र दिनसक्ने अवस्थामा रहेको उत्पादकहरुले बताउने गरेका छन्। ५ ठूला अटोमोटिभ चिप उत्पादकसँग गरिएको अध्ययन पछि यो निष्र्कषमा पुगेको हो। 

चिप अभावको अहिलेको अवस्था सामना गर्न विश्वका ठूला कार उत्पादकहरु जनरल मोटर, फोर्ड मोटर कम्पनी, निसान मोटर कम्पनीलगायत कम्पनीहरुले बिचौलीयालाई पन्छाएर आफैं चिप उत्पादनसँग गहन छलफलमा जुटेका छन्। उनीहरुको मुख्य चासो कसरी छोटो समयमा धेरै चिप उपलब्ध गराउन सकिन्छ भन्नेमै केन्द्रित छ। 

चीनमा यो अवस्था नरहेको र चिप अभाव अझै बढ्ने सम्भावना रहेको त्यहाँको अटोमोबाइल सम्बन्धि अध्यया गर्ने संस्थाले सीएटीएआरसीले जनाएको छ। हाल चीन युरोप, अमेरिका तथा ताइवानबाट आयातित चिपमा पूर्णतः निर्भर रहेको छ। गतमहिना अन्त्य भएको चीनको अटो हव सांघाई लकडाउनले सप्लाईमा झनै जटिलता ल्याएको छ। 

चीनमा देखिएको चिप अभाव २०२३ पछिसम्म पनि कायमै रहने र त्यसपछिको अवस्था के हुन्छ अहिले नै भन्न नसकिने सीएटीएआरसीले उल्लेख गरेको छ। चीनको आर्थतन्त्रमा देखिएको असरले कारको माग नै कम हुुनसक्ने अनुमान हुने थालेको छ। 

कम्प्युटर चिप, सेमिकन्डक्टरलगायत कमर्सियल गाडी तथा विद्युतीय कारमा हजारौंको संख्यामा प्रयोग हुन्छ। यी उपकरणले एयरब्यागदेखि इमर्जेन्सी ब्रेकिङ तथा इन्टरटेन्मेन्ट सिूस्टम र नेभिगेसनसम्मको काम गर्छ। रोयटर्नले जुनमा चिप उत्पादक इनफिनोन, टेक्सस इन्स्ट्रुमेन्टस्, एनएक्सपी, एसटी माइक्रोइलेक्ट्रिोनिक्स र रिनासासले बनाएको चिपले कारमा गरेको कामको अध्ययन गरेको थियो। उक्त नमुनाबाट ती चिपले कारको सञ्चालनमा धेरैनै काम गरेको पाइएको थियो। 

चिपका लागि नयाँ अडर गर्न औषतमा ४९ सातासम्म पर्खनु पर्ने अवस्था रहेको छ। यो समय २०२३ मा अझै बढ्ने अनुमान गरिएको छ। विश्वभरबाट चिपप उत्पादकहरुमा आएको अडरलाई हेर्दा प्राप्त गर्ने समय ६ सातादेखि १ सय ९८ सातासम्म रहेको छ। 

तत्कालै चिप खोजिरहेका छन् चिनियाँ कार उत्पादक

विश्वभर सप्लाई सन्तुलन हुने अवस्थामा रहेकोमा चीनमा भने सप्लाइको चक्र बिग्रँदो स्थितिमा छ। जर्मन कार उत्पादक फक्सवागनले चिप अभाव अबको केही महिनामा सन्तुलित अवस्थामा आउने अपेक्षा गरेको छ। तर चीनमा भने यसको उल्टो अवस्था रहेको छ। चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी एनआईओका अध्यक्ष विलियम लीले चिप अभावका कारण कार उत्पादन कस्टपूर्ण बनेको बताए। कार उत्पादनलाई निरन्तरता दिन १ हजार चिप स्टकमा हुनुपर्ने उनको भनाइ छ। तर अवस्था त्यस्तो छैन। 

अर्को विद्युतीय कार उत्पादक सिपिङको भनाइ पनि त्यस्तै छ। विशेषगरि चिप अभावको समस्यामा उदियमान विद्युतीय कार उत्पादकहरु नै बढी परेका छन्। 

केही चिनियाँ कम्पनीहरुले नै चिप समेत उत्पादन गर्न थालेका छन्। तर त्यो उत्पादन भइ बजारमा आउँदा र त्यसबारे विश्वास कायम हुँदासम्म विश्व बजार धेरै अघि बढिसक्ने अनुमान चिनियाँहरुले नै गरेका छन्। 

चिनियाँ विद्युतीय कार चीनमा मात्र नभइ युरोप तथा एसियाली बजारमा समेत उपलब्ध हुन थालेको छ। केही चिनियाँ कम्पनीका विद्युतीय कार नेपाली बाजरमा पनि आइरहेका छन् वा आउने क्रममा छन्। चीनमा चिप अभावको असर नेपाली बजारसम्म आइपुग्न धेरै समय नलाग्ने देखिएको छ। 

images

प्रकाशित : बुधबार, साउन ४ २०७९०३:२५

प्रतिक्रिया दिनुहोस