बिहीबार , वैशाख १३ गते २०८१    
images
images

टाटा विङगर बीएस ६ नेपाली बजारमा

images
images
images
टाटा विङगर बीएस ६ नेपाली बजारमा

विङगर बीएस ६ मा आरामदायी फिक्स तथा पछाडि धकेल्ने बक्स सिटहरु, ३ टन क्षमताको वातानुकुलीत भेन्ट, यूएसबी चार्जिङ प्वाइन्ट उपलब्ध छ। साथै, विङगरको मोनोकक बडी निर्माणले कारजस्तै कम मात्राको ध्वनी, कम्पन (एनभीएच) कम अनुभुत हुनेछ। 

images
images

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विङगर बीएस ६ सार्वजनिक गरेको छ। ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सीलगायतका संस्थाहरुलाई उपयुक्त रहेको छ।   

images
images
images

२.२ लिटरको डाइकोर इन्जिन जडित विङगर बीएस ६ को टर्क अत्यन्त प्रभावकारी छ। त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ। हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिसजस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीले जनाएको छ।   

images

टाटाका विविध एवं बलिया कमर्सियल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहेको टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोताले बताए। ‘कमभन्दा कम खर्चमा आफ्नो व्यापार/व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी छ।

images

सिप्रदी ट्रेडिङले दशकौंदेखि उल्लेखनीय प्रतिबद्धताका साथ  टाटाका गाडीहरुको बिक्री वितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ र टाटा विङगर बीएस ६ ले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौं,’ उनले भने। उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङगरले प्रतिनिधित्व गर्ने उनलको विश्वास छ। 

images
images

त्यसैगरी सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणाले नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा सिप्रदीले सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेको बताए। ‘टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशकदेखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेका छौं,’ उनले भने। 

यसै सन्दर्भमा कम्पनीले अहिले बिक्री आरम्भ गरेको विङगर बीएस ६ विभिन्न प्रयोजनहरुको लागि अन्त्यन्त उपयुक्त हुनु साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल छ। यसले छोटो समयमा नै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने अपेक्षा सिप्रदीले गरेको उनको भनाइ छ। 

Winger Launching.jpeg

सुरक्षित यात्राको लागि विङगर स्कुलमा एबीसी सहितको प्रभावकारी ब्रेकिङ प्रणाली जडान गरिएको छ। गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ। बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङगर स्कुलमा आधुनिक विशेषताहरु छन्।      

विङगर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकहरु तर्फ लक्षित छ। कार्गोको प्रभावकारी डेलीभरीको लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति यसले गर्दछ।

विङगर बीएस ६ को विशेषता 

टाटा विङगर ४९ सय २० देखि ५४ सय ५८ एमएम लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ। जसले सवारीलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ। १५ सय १७ देखि १९ सय एमएम र ६.३ इन्चसम्मको आन्तरिक उचाईले यात्रुको चाललाई सजिलो बनाउन मदत गर्दछ। लामो दूरीको यात्राका लागि विङगरमा पर्याप्त समान राख्ने स्पेस उपलब्छ छ। 

अधिकतम कार्यसम्पादन र किफायती इन्धन खपत गर्नेगरि विङगर बीएस ६ रेन्जमा टाटा मोटर्सको २.२ लिटरको डाइकर इन्जिन छ। यो इन्जिनले १ सय हर्सपावरको शक्ति र २ सय एनएमको फ्ल्याट टर्क दिन्छ। यो गाडीले कम आरपीएममा पनि धेरै तान्ने क्षमता सुनिश्चित गर्ने दाबी कम्पनीको छ। 

नयाँ विङगर १४, १६ र १९ सिट क्षमतामा उपलब्ध छ भने यसमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम छ। जसले राम्रो गतिशीलता र उच्चतम आराम दिने कम्पनीले जनाएको छ। टाटा विङगरमा अगाडिको एक्सेल ड्राइभ छ जसले कारको जस्तो कम ध्वनी, कम्पन (एनभीएच) दिन्छ। अगाडिको एक्सेलले कम वजन, राम्रो संकर्षण प्रदान गर्दै ट्रान्समिसन नोक्सानी घटेको सुनिश्चितता गरेको दाबी कम्पनीको छ। 

विङगर बीएस ६ मा आरामदायी फिक्स तथा पछाडि धकेल्ने बक्स सिटहरु, ३ टन क्षमताको वातानुकुलीत भेन्ट, यूएसबी चार्जिङ प्वाइन्ट उपलब्ध छ। साथै, विङगरको मोनोकक बडी निर्माणले कारजस्तै कम मात्राको ध्वनी, कम्पन (एनभीएच) कम अनुभुत हुनेछ। 

अगाडिको सस्पेन्सन र हाइड्रोलिक शक एब्जर्वरसहितको एन्टिरोल बारले नझ्याक्ने यात्रा गराउने छ। विङगर बीएस ६ मा अत्याधुनिक एबीएस ब्रेकले सुरक्षीत यात्रामा सहयोगी हुने कम्पनीको भनाइ छ। 

नयाँ टाटा विङगरमा ३ वर्ष वा ३ लाख किलोमिटर (जुन अगाडि हुन्छ) वारेन्टी दिने योजना सिप्रदीले बनाएको छ। टाटा मोटर्स ‘नेक्स्ट जेन’ ग्राहकहरुको कल्पनामा साथ दिने गरी नयाँ उत्पादनहरु ल्याउन लागि परेको छ। यसलाई भारत, बेलायत, इटाली र कोरियामा रहेका कला डिजाइन र आरएण्डडी केन्द्रहरुले विकसित प्रविधि र नवीता ल्याउन सहयोग गरिरहेका छन्। 

अन्तर्राष्ट्रिय रूपमा टाटाको व्यापारिक र प्यासेन्जर सवारीसाधन युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, सीआइएस र रसियाली बजारमा उपलब्ध हुँदै आएको छ। 

सिप्रदीले टाटा मोटर्सको व्यापारिकका साथै प्यासेन्जर सवारीसाधनको बिक्री, सेवा तथा स्पेयर पाट्र्सलगायत सर्भिस उपलब्ध गराउँदै आइरहेको छ। देशभर २७ वटा बिक्री कार्यालय र व्यापारिक सवारीसाधनका लागि ५७ वटा सेवा केन्द्रबाट उपभोक्तालाई सेवा उपलब्ध गराउँदै आएको छ। 

images

प्रकाशित : सोमबार, साउन २ २०७९१२:०३

प्रतिक्रिया दिनुहोस