शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

५ सय किलोमिटर रेन्जमा जिपको नयाँ विद्युतीय एसयूभी 

images
सोमबार, साउन २ २०७९
images
images
५ सय किलोमिटर रेन्जमा जिपको नयाँ विद्युतीय एसयूभी 

जिपले अबको केही वर्ष भित्रै सबै कारलाई विद्युतीकरण गर्दै जाने नीति लिएको छ। नयाँ विद्युतीय एसयूभी आकारका हिसाबले रेनिगेडकै साइजमा हुनेछ। 

images
images

काठमाडौं- लेजन्डरी एसयूभी ब्रान्ड जिपले पनि नयाँ विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ। सानो आकारको नयाँ विद्युतीय एसयूभी स्पाइ तस्बिरमा देखिएको छ। जिप कम्पास जस्तै देखिएको नयाँ विद्युतीय एसयूभी आकर्षक हुने अनुमान गरिएको छ। 

images
images

विद्युतीय कार भएकाले यसमा पुराना जिपको तुलनामा केही अफर लुक्स रहेको छ। यो विद्युतीय एसयूभी ग्रुप पीएसएको इ-सीएमपी प्लेटफर्ममा निर्माण भएको हो। सीएमपी प्लेटफर्ममा निर्माण भएको सिट्रोन सीथ्री भारतमा केही समयमै सार्वजनिक हुँदैछ। 

images
images

जिपको नयाँ विद्युतीय एसयूभी भारतीय बजारमा समेत आगामी वर्ष आउने अनुमान गरिएको छ। यो विद्युतीय एसयूभी विश्व बजारमा फियाट र अल्फा रोमियो विद्युतीय कार ब्रान्डमा जाने छ। विद्युतीय ‘बेबी’ कम्पासका रुपमा लिइएको यो कार प्रति कम्पनीले धेरै नै भरोसा गरेको छ। भारतमा विद्युतीय कारको बजार उल्लेख्य रुपमा बढ्दै गएकाले त्यसलाई क्यास गर्न कम्पनी लागि परेको हो। 

images
images

अहिले जिप ब्रान्ड स्टेलेन्टिस कम्पनी अन्तर्गत रहेको छ। स्टेलेन्टिसले यो कार पोल्यान्डमा रहेको प्लान्टमा उत्पादन गर्ने तयारी गरेको छ। जिपले अबको केही वर्ष भित्रै सबै कारलाई विद्युतीकरण गर्दै जाने नीति लिएको छ। नयाँ विद्युतीय एसयूभी आकारका हिसाबले रेनिगेडकै साइजमा हुनेछ। 

जिप विद्युतीय एसयूभीमा प्युजो २००८ मा रहेको जस्तै विद्युतीय मोटर र पावरट्रेन हुनेछ। त्यस भनेको विद्यूतीय मोटरले १३६ एचपी पावर दिनेछ। यसको ब्याट्री क्षमता ५० किलोवाटआवर लिथियम आयन ब्याट्री हुनेछ। 

नयाँ विद्युतीय जिप एसयूभीले एक पटकको फुल चार्जमा करिब ५ सय किलोमिटर रेन्ज दिने बताइएको छ। ५ सिट क्षमताको यो कार २०२२ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ। यो नै जिपको पहिलो विद्युतीय कार हुनेछ। 

जिपका एसयूभीहरु नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। भारतमा निर्मित जिप कम्पास तथा अमेरिकामा निर्मित जिप र्‍याङलरका विभिन्न भेरियन्ट उपलब्ध रहेका छन्।

नेपाली बजारमा जिप ब्रान्ड एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू लाइफले भित्र्याउँदै आएको छ। विश्व बजारमा आएको केही समयपछि जिपको विद्युतीय एसयूभी नेपाली बजारमा समेत आउने छ।  


प्रकाशित : सोमबार, साउन २ २०७९०६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend