सोमबार, असोज ७ गते २०८१    
images
images

१ लाखकाे राहत वितरणमा २८ लाख खर्च : पूर्वमुख्यमन्त्रीले भने - छानबीन होस्

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३१ २०७९
images
images
१ लाखकाे राहत वितरणमा २८ लाख खर्च : पूर्वमुख्यमन्त्रीले भने - छानबीन होस्

'एकपटक हेलिकप्टर प्रयोग भएको कुरालाई १५ पटक बढाएर बिल बनाउने काम भएको रहेछ भने त्यो गम्भीर र अक्षम्य अपराध भएकाले त्यसको स्वतन्त्र रुपमा छानबिन गरिनुपर्छ'

images
images

काठमाडौं- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणमा जाँदा १ लाख ११ हजार रूपैयाँ बराबरको दाल, चामल र स्वास्थ्य सामग्री वितरणमा २८ लाख ६८ हजार रुपैयाँ खर्च भएको विषय छानबिन हुनुपर्ने बताएका छन्। 

images
images
images

२०७७ साउन २६ गते सिन्धुपाल्चोको लिदीमा पहिराे गएको थियो। पहिराे पीडितका लागि राहत वितरणमा बागमती प्रदेशमा तत्कालिन मुख्यमन्त्री डाेरमणी पाैडेल सहितकाे टाेली हेलिकोप्टरमा राहत सामान बाेकेर लिदी गएको थियो। 

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले हेलिकप्टर उद्धार टोली लिएर जानैपर्ने भएकाले आफूहरू गएको बताउए। उनले पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोली र पुर्‍याउन सकिने राहत सामग्रीसहित आफू एक पटक मात्र हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेकोबाहेक १४ उडान थपिएर आएको खबरमा सत्यता नरहेको बताए। 

'म मन्त्रीहरू र सेनाप्रहरी सहितको उद्धार टोलीसँग एकपटक सिन्धुपाल्चोक गएको हुँ, १५ वटा उडानको चर्चा कसरी आयो?', उनले भने। यदि त्यही एकपटक हेलिकप्टर प्रयोग भएको कुरालाई १५ पटक बढाएर बिल बनाउने काम भएको रहेछ भने त्यो गम्भीर र अक्षम्य अपराध भएकाले त्यसको स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने उनको भनाइ छ। 

images

स्थानीय जनप्रतिनिधि भएको हिसाबले तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल संघीय पूर्वमन्त्री शेरबहादुर तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेनाका मध्यपृतना प्रमुख, नेपाल प्रहरीका प्रदेश प्रमुखसहितको टोली पहिरो निरीक्षणका लागि एक पटक सिन्धुपाल्चोक गएको उनले बताए। 

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ गते गएको पहिराबाट प्रभावित परिवारलाई १ लाख ११ हजार रूपैयाँ बराबरको दाल, चामल र स्वास्थ्य सामग्री वितरणमा २८ लाख ६८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

पहिराबाट प्रभावित परिवारलाई १ लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न मुख्यमन्त्रीसहित टोलीले १२ पटक सेनाको हेलिकप्टर र एक निजी सेवाको हेलिकप्टर तीनपटक गरेर क्रमशः २५ लाख ६८ हजार र तीन लाख गरी २८ लाख ६८ हजार खर्च गरेको भन्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। 

१ लाख ११ हजारकाे राहत सामान वितरणमा २८ लाख ६८ हजार  हेलिकोप्टर भाडामा खर्च १ लाख ११ हजारकाे राहत सामान वितरणमा २८ लाख ६८ हजार  हेलिकोप्टर भाडामा खर्च


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend