बिहीबार , वैशाख २० गते २०८१    
images
images

विमानस्थलको सवारी पार्किङमा मल्होत्राकाे कम्पनीको ब्रह्मलुट : ताेकिएकोभन्दा २० गुणा बढी शुल्क असुली

कम्पनी प्रमुख मल्होत्रा भन्छन् - नियमावली मान्न सक्दैनौँ, आफ्नै शुल्क लगाएका छौँ

images
images
images
विमानस्थलको सवारी पार्किङमा मल्होत्राकाे कम्पनीको ब्रह्मलुट : ताेकिएकोभन्दा २० गुणा बढी शुल्क असुली

मोटरसाइकल, स्कुटर, रिक्सा आदि लागि पार्किङ शुल्क प्रतिघण्टा ५ रुपैयाँ तोकिएको छ तर आइएमएसले २५ रुपैयाँ लिँदै आएको छ। त्यस्तै तिनै सवारीसाधन प्रतिदिन पार्किङ गर्दा ३० रुपैयाँ मात्रै लिन पाउने व्यवस्था छ जबकि मल्होत्राले ६ सय रुपैयाँ संकलन गर्दै आएका छन्। यो ताेकिएकाे भन्दा २० गुणा बढी हो ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गा लिजमा लिएर व्यापार गर्दै आएका दीपक मल्होत्राले पार्किङ शुल्कमा ब्रह्मलुट मच्चाएको पाइएको छ। मल्होत्राको आईएमएस एअरपोर्ट सर्भिसेज प्रालिले विमानस्थल सेवा शुल्क नियमावलीमा तोकिएकोभन्दा २० गुणा बढीसम्म अवैधानिक रुपमा असुली गरिरहेकाे पाइएको हो।

images
images
images

मोटरसाइकल, स्कुटर, रिक्सा आदिका लागि पार्किङ शुल्क प्रतिघण्टा ५ रुपैयाँ तोकिएको छ तर आईएमएसले २५ रुपैयाँ लिँदै आएको छ। त्यस्तै तिनै सवारीसाधन प्रतिदिन पार्किङ गर्दा ३० रुपैयाँ मात्रै लिन पाउने व्यवस्था छ। जब कि मल्होत्राले ६ सय रुपैयाँ संकलन गर्दै आएका छन्। यो ताेकिएका भन्दा २० गुणा बढी हो । 

images

व्यवसायिक रुपमा उनले ५२ रोपनी जग्गामा संरचनासहित भाडा लगाउने तथा संरचनाको व्यवस्थापन गरिरहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई भाडाबापतको १० करोड रूपैयाँ भने तिरेका छैनन्

images

यसैगरी आईएमएसले कार/जिप/भ्यानको प्रतिघण्टा ५० रुपैयाँ र प्रतिदिन १ हजार २ सय रुपैयाँ लिँदै आएको छ। तर नियमावलीअनुसार प्रतिघण्टा २० रुपैयाँ र प्रतिदिन १ सय २० रुपैयाँ मात्रै लिन पाइन्छ।

images
images

यसैगरी प्रतिघण्टा २० रुपैयाँ, प्रतिदिन १ सय २० रुपैयाँ र प्रतितीन महिना ३ हजार रुपैयाँ लिन पाउने गरी शुल्क तय भएपनि आईएमएसले अहिले प्रतिघण्टा ५० रुपैयाँ र प्रतिदिन १२ सय रुपैयाँ लिँदै आएको छ।

आईएमएसले बस, ट्रक आदि गह्रौं सवारी साधनको हकमा प्रतिघण्टा १ सय २५ र प्रतिदिन ३ हजार पार्किङ शुल्क निर्धारण गर्दै रकम असुली गरिरहेको छ। तर नियमावलीमा प्रति इण्ट्री ५० रुपैयाँ मात्रै पार्किङ शुल्क तोकेको छ।

यसैगरी हल्का सवारी साधन (मिनिबस र माइक्रोबस)को हकमा प्रतिघण्टा ३०, प्रतिदिन १ सय ५० रुपैयाँ, प्रतिमहिना एक हजार र प्रति ३ महिना ४ हजार रुपैयाँ लिने पाउने ठाउँमा आईएमएसले प्रतिघण्टा ७५ रुपैयाँ र प्रतिदिन १८ सय रुपैयाँ लिँदै आएको छ।

parking fee airport.jpgआईएमएस कम्पनीलाई विमानस्थल सेवा शुल्क नियमावलीमा तोकेकोभन्दा बढी पार्किङ शुल्क असुल्न कुनै अधिकार नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्।

‘नयाँ विमानस्थल सेवा शुल्क नियमाली २०७८ जारी भए पनि विमानस्थलमा सेवा दिइरहेको कम्पनीहरूलाई पार्किङ शुल्क बढाउने गरी कुनै सिफारिस दिइएको छैन। पुरानो नियमावलीमा पार्किङ शुल्क स्पष्ट रुपमा उल्लेख गरिएको थियो। तर अहिले पार्किङ शुल्क तोक्ने अधिकार प्राधिकरण महानिर्देशक हो। प्राधिकरणबाट नयाँ शुल्क निधारण नभएसम्मका लागि पुरानै शुल्कअनुसार लिनु पर्छ,’ निरौलाले भने, ‘यस विषयमा विमानस्थल कार्यालय तथा सम्बन्धित कम्पनीसँग विवरण माग्ने काम हुन्छ। नियमावलीले तोकेकोभन्दा बढी रकम उठाउँदा प्राधिकरणलाई केही बढी आम्दानी भए पनि कानूनभन्दा बाहिर जान मिल्दैन।’

पहिले एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण सबै शुल्क तोकिएको थियो। तर अहिले दुईवटा विमानस्थल सञ्चानलनमा आइसकेको अवस्था र एउटा आउने क्रममा रहेको हुँदा ठाउँ परिवेशअनुसार पार्किङ शुल्क तोक्नुपर्ने हुँदा प्राधिकरण महानिर्देशकलाई अधिकार दिइएको उनको भनाइ छ।

नयाँ नियमावली २०७८ जारी भएर कार्यान्वयनमा आइसकेको अवस्था पनि नयाँ शुल्क निर्धारण नुहँदासम्म पुरानै अनुसार हुने र सम्झौतामा पनि नियमावलीभन्दा बढी लिन नपाइने विषय उल्लेख भएको हुँदा बढी लिनेलाई कारबाही हुने उनले बताए।

नयाँ नियमावली २०७८ चैत ३० गते स्वीकृत हुँदै २०७९ जेठ १४ गतेबाट कार्यान्वयनमा आएको छ। तर मल्होत्राको कम्पनीले भने २०७८ मंसिरदेखि नै आफूखुसी भाडा तय गर्दै बोर्ड हालेर रकम असुली गर्दै आएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले यस विषयमा गुनासो आएको बताए। गुनासो आएसँगै महाप्रबन्धकसमेतलाई जानकारी गराइएको उनको भनाइ छ। प्राधिकरणले नयाँ शुल्क नतोक्दासम्म कम्पनीले पुरानै नियमावलीअनुसार शुल्क लिनुपर्ने उनको भनाइ छ। साथै विमानस्थल सेवा शुल्क नियमावलीमा तोकिएकोभन्दा बढी रकम असुली नगर्न पत्राचार गरिसकेको पनि उनले बताए।  

नियमावलीभन्दा बाहिर गएर रकम असुली गरिरहेको आईएमएसले मासिक अहिले १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ। कम्पनीले सम्झौताअनुसार अहिले कुल कारोबारको ५ प्रतिशत विमानस्थल कार्यालयलाई रोयल्टी रकम तिर्दै आएको छ। बढी रकम असुली गर्दा सरकारलाई पनि बढी रकम आउने हुँदा नियामक निकाय पनि थाहा नपाए झैँ गरी बसिररहेको विषय प्राधिकरणका कर्मचारीको भनाइबाट पुष्टि हुन्छ। किनकि कम्पनीले विमानस्थलमा बोर्ड नै हालेर आफुखुसी पार्किङ शुल्क उठाइरहेको छ। तर विमानस्थलका कर्माचारी तथा उच्चपदमा रहेकाहरू भने बढी रकम उठाएको विषयमा केही बोल्दैनन्।

मल्होत्राको कम्पनीले सेवाबाट बढी रकम असुली गरेर मारिक १ करोड रुपैयाँ आम्दानी गर्दै विमानास्थल कार्यालयलाई अहिले रोयल्टी वापत ५ प्रतिशतका दरले मासिक ५ लाख रुपैयाँ बुझाइरहेको छ। विमानस्थल कार्यालयले पनि रकम लिइरहेको छ। तर विमानस्थल कार्यालय तथा सरकारलाई केही रकम बढी आयो भन्दैमा ग्राहकसँग तोकिएभन्दा बढी असुल गर्न दिन नहुने प्राधिकरणकै कर्मचारीहरू बताउँछन् । 

कम्पनीले विमानस्थलमा विदेशबाट आफ्नो मान्छे लिन जाँदा प्रयोग गर्ने प्रतिक्षालयमा कुर्ने सर्वसाधारणसँग समेत रकम असुली गरिरहेको छ। तर, उनै मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जग्गा लिज वापतको रकम भने अहिलेसम्म तिरेका छैनन्। मल्होत्राले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने जग्गा भाडा वापतको रकम मात्रै १० करोड रुपैयाँ भइसकेको छ।

रकम भुक्तानीका लागि कार्यालयले बारम्बार पत्राचार गरे पनि विषय अदालतमा रहेको भन्दै जग्गा भाडा वापतको रकम भुक्तानीमा आनाकानी गरिरहेका छन्। विमानस्थल कार्यालयका तत्कालीन महाप्रबन्धक रतीश चन्द्रलाल सुमनले रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिसँग विमानस्थलको ५२ रोपनी जग्गा भाडामा दिने गरी सम्झौता गरेका थिए।

जग्गा भाडामा दिँने क्रमको सम्झौतामा विमानस्थलमा सेवा दिँदा विमानस्थल सेवा शुल्क नियमावलीमा तोेकेको भन्दा बढी गर्न नपाइने विषय उल्लेख छ। तर २०७८ मंसिरदेखि आईएमएस एपोर्ट सर्भिसेज प्रालिले नियमावलीमा तोकेको शुल्क भन्दा २० गुणा बढी शुल्क निर्धार गर्दै रकम असुली गरिरहेको छ।

मल्होत्रा भन्छन् - विमानस्थलको नियम मान्न सक्दैनौँ आफैँले दर तय गरेका छौँ

यसै विषयमा हामीले आईएमएस एरपोर्ट सर्भिसेज प्रालिका दीपक मल्होत्रालाई तोकिएभन्दा २० गुणाासम्म रकम असुलीका विषयमा  प्रश्न सोधेका थियौँ।

विनियमावलीमा तोकिएको रकमअनुसार शुल्क उठाउँदा कर्मचारीलाई दिने सेवा सुविधाका लागि पनि नपुग्ने मल्होत्राले बताए।

३० वर्षका लागि जग्गा भाडामा लिएर आफैँ लगानी गरेर संरचना तयार पारेको र सोहीअनुसार शुल्क तय भएको उनको भनाइ छ।

अहिले लिइरहेको पार्किङ शुल्कले पनि सबै व्यवस्थापन गरेर लगानीको ब्याजसमेत तिर्न नपुग्ने उनको भनाइ छ। विमानस्थल सेवा शुल्क नियमावली  समयसापेक्ष नभएको र त्यो मानेर काम गर्न नसक्ने उनले बताए।

images

प्रकाशित : शनिबार, असार २५ २०७९०३:२३

प्रतिक्रिया दिनुहोस