मंगलबार, वैशाख ११ गते २०८१    
images
images

महिन्द्राका विद्युतीय कारमा एलजी इनर्जिको ब्याट्री प्रयोग हुने निश्चित, कति दिनेछ रेन्ज?

images
images
images
महिन्द्राका विद्युतीय कारमा एलजी इनर्जिको ब्याट्री प्रयोग हुने निश्चित, कति दिनेछ रेन्ज?

उक्त एसयूभी कारमा एलजी इनर्जी सोलुसनले उत्पादन गरेको ब्याट्री प्रयोग हुने निश्तिच भएको छ।

images
images

काठमाडौं- भारतीय सवारी उत्पादन कम्पनी महिन्द्राले ल्याउने विद्युतीय कारमा कोरियाली ब्याट्री उत्पादक कम्पनी एलजी इनर्जी सोलुसनले उत्पादन गरेको ब्याट्री प्रयोग हुने भएको छ। आगामी सेप्टेम्बरमा महिन्द्राले नयाँ विद्युती कार ईएक्सयूभी ४०० सार्वजनिक गर्ने घोषणा गरेको छ। 

images
images
images

उक्त एसयूभी कारमा एलजी इनर्जी सोलुसनले उत्पादन गरेको ब्याट्री प्रयोग हुने निश्तिच भएको रोयसर्टले लेखेको छ। यो महिन्द्राको पहिलो विद्युतीय एसयूभी हुनेछ। त्यस्तै महिन्द्राले उत्पादन गर्ने अन्य विद्युतीय कारमा पनि एलजी इनर्जीले उत्पादन गरेको ब्याट्री प्रयोग हुनेछ।

images

एलजी इनर्जी सोलुसको माउ कम्पनी एलजी चाम र महिन्द्राबीच २०१८ मा महिन्द्राका लागि लिथियम आयन ब्याट्री तथा प्रविधि उपलब्ध गराउने सहमति भएको थियो। 

images

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले पनि विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ। कम्पनीले आगामी ५ वर्षभित्र ५ वटा विद्युतीय कार बजारमा ल्याइसक्ने बताएको छ। 

images
images

हाल बिक्री भइरहेको आइसी इन्जिनयुक्त एक्सयूभी ३०० मा आधारित र स्याङयोङ टिभोलीबाट प्रभावित भएको एक्सयूभी ४०० विद्युतीय एसयूभी बजारमा आउन ल्याउन लागेको हो। ईएक्सयूभी ४०० एक पटकको फुल चार्जमा ३ सय किलोमिटर कुद्ने अनुमान गरिएको छ। यो कारले टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। नेक्सन ईभी कार अहिले भारतको सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कार हो। 

महिन्द्राले विद्युतीय कार उत्पादनलाई बढाउन १ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ। महिन्द्राले हालै बेलायतमा भएको ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टमा ७० हजार करोड मूल्यांकनमा १९ सय २५ करोड भारु लगानी प्रतिवद्धता जुटाएको थियो। त्यसरी लगानी जुटाउने क्रममा महिन्द्राले नयाँ ४ वटा विद्युतीय कार उत्पादन गर्ने बताएको थियो। 

महिन्द्राले इटूओ, इभेरियोलगायत विद्युतीय कार उत्पादन गर्दै आएको छ। यी कार नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। अब भने कम्पनीले एसयूभी सेगमेन्टका विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिनेछ। त्यहीअनुसार ईएक्सयूभी ४००, ईकेयूभी १०० लगायतका कार उत्पादनको अन्तिम तयारीमा कम्पनी छ। 

एलजी इनर्जी सोलुसनले महिन्द्रालाई कुन क्षमताको कति ब्याट्री उपलब्ध गराउने भन्ने कुरा भने खुलाइएको छैन। यसबारे महिन्द्रा तथा एलजी इनर्जी सोलुसनले प्रतिक्रिया दिन नचाहेको रोयटर्सले उल्लेख गरेको छ। 

भारतमा चिनियाँ सवारी उत्पादनहरुलाई सहज प्रवेशमा केही बन्देज गरिकाले भारतीय सवारी उत्पादकहरु नै विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकताका साथ अघि बढेका छन्। विश्वभर नै विद्युतीय सवारीको माग जुन रुपमा बढेको छ भारत तथा नेपाललगायत मुलुकमा पनि बढी रहेको छ। 

भारतमा सार्वजनिक भएलगत्तै महिन्द्राका विद्युतीय कार नेपाली बजारमा समेत आउने छन्। यसअघि महिन्द्राका इटूओ तथा इभेरिटो बिद्युतीय कार नेपाली बजारमा उपलब्ध थियो। महिन्द्रा रेभा नेपालमा बिक्री भएको पहिलो विद्युतीय कार हो। रेभापछि महिन्द्रा इटूओ नेपाल आएको थियो। 

images

प्रकाशित : सोमबार, असार २७ २०७९०९:०७

प्रतिक्रिया दिनुहोस