शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

भारतीयको लोकप्रिय कार 'अल्टो के १०' पुनः नयाँ भर्सनमा आउने, नेपालीको पनि रोजाइमा थियो

images
सोमबार, असार २७ २०७९
images
images
भारतीयको लोकप्रिय कार 'अल्टो के १०' पुनः नयाँ भर्सनमा आउने, नेपालीको पनि रोजाइमा थियो

उत्पादन बन्द हुनुअघि मारुतीले अल्टो के१० मात्र ८ लाख ८० हजार वटा बिक्री गरेको थियो। सबैभन्दा धेरै बिक्री भएको मारुती ८०० को अपग्रेडेड भर्सन अल्टो ८०० र अल्टो के१० हो। 

images
images

काठमाडौं- भारतमा सबैभन्दा धेरै बिक्री हुने कारमा पर्छ इन्ट्रिलेवल अल्टो ह्याचब्याक कार। भारतमा अहिले पनि इन्ट्रिलेवल ह्याचब्याक कारको माग तथा बजार ठूलै छ। 

images
images

यसैलाई मध्यनजर गर्दै भारतमा २०२० अप्रिलदेखि बीएस ६ लागु भएसँगै उत्पादन बन्द भएको अल्टो के १० नयाँ रुपमा पुनः उत्पादन हुने भएको छ। जापानी कम्पनीको सुजुकी मोटरको संयुक्त पउक्रम मारुती सुजुकी इन्डियाले अल्टो के १० लाई नयाँ रुपमा उत्पादन गर्न लागेको हो।

images
images

भारतमा पछिल्लो समय अटोमोबाइल बजार एसयूभीतर्फ मोडिँदै गएपनि ह्याचब्याक सेगमेन्टका कारको माग अझै पनि ठूलै संख्यामा रहेको छ। यही कुरालाई आधार मानेर मारुती सुजुकीले अल्टो के १० को पुनरुत्पादन गर्न लागेको जनाएको छ। 

images
images

सुजुकीले पुनरुत्पादन गर्न लागेको के १० को नयाँ भर्सनको कोड नेम वाई जिरो एम राखिएको छ। इन्ट्रिलेवल ह्याचब्याक सेगमेन्टमा अहिले पनि प्रतिस्पर्धी निकै कम रहेकाले नै सुजुकीले भारतमा पुनः सो कार उत्पादन गर्न लागेको हो। 

रेनो क्वीड, सुजुकीकै एसप्रेसो जस्तै १ हजार सीसी इन्जिन क्षमताका कारका लागि वास्तविक प्रतिस्पर्धी अहिले पनि नभएको भन्दै उक्त सेगमेन्टका लागि अल्टो के १० कै नयाँ रुप आवश्यक भएको निष्कर्षमा सुजुकी पुगेको हो। भारतमा अहिले पनि साना कारको बजार हिस्सा ७.८ प्रतिशत रहेको छ। यो ‘स्पेस’ नयाँ साना कार ल्याउनका लागि उपयुक्त नै रहेको विज्ञहरूले समेत बताएका छन्। 

गएको आर्थिक वर्षमा मारुती सुजुकीले भारतमा २ लाख ११ हजार ७ सय ६२ वटा अल्टो र एसप्रेसो बेचेको तथ्यांक छ। यो इन्ट्रिलेवलका लागि पर्याप्त बजार छ भन्ने प्रमाणसमेत हो। गएको दुई दशकमा मारुती सुजुकीले ४३ लाखभन्दा बढी अल्टो बिक्री गरेको थियो। २०१० मा अल्टो के१० दुई इन्जिन अप्सनमा ९९८ सीसी क्षमतासहित ३ सिलिन्डर पेट्रोल इन्जिनमा आएको थियो। 

उत्पादन बन्द हुनुअघि मारुतीले अल्टो के१० मात्र ८ लाख ८० हजार वटा बिक्री गरेको थियो। सबैभन्दा धेरै बिक्री भएको मारुती ८०० को अपग्रेडेड भर्सन अल्टो ८०० र अल्टो के१० हो। 

नेपाली बजारमा पनि मारुती सुजुकीको मारुती ८०० देखि अल्टो हुँदै अल्टो के १० सम्म निकै लोकप्रिय कारका रुपमा रहेको छ। सुरुवाती समयमा मारुती ८०० कारकै रुपमा बिक्र भएका थिए। त्यसपछि २०४८ सालमा सरकारले ८ सय सीसीसम्म इन्जिन क्षमताका गाडीलाई ट्याक्सीमा दर्ता गर्न पाइने निर्णय गरेको थियो। जसले केही वर्षअघिसम्म ट्याक्सीमा एकछत्र उपस्थिति जनाएको थियो। अहिलेपनि नेपाली सडकमा गुड्ने दुई तिहाइभन्दा बढी ट्याक्सी मारुती ८०० र अल्टो ८०० नै छन्। 

ट्याक्सीको मापदण्ड बदलिएको र बागमती प्रेदश सरकारले ट्याक्सीमा विद्युतीय सवारी नै दर्ता गर्नुपर्ने नियम ल्याएकाले अब अल्टो के १० कारका रुपमा मात्र गुड्ने छन्। अहिले पनि धेरै मानिसको रोजाइमा अल्टो के १० पर्ने गरेको छ। इन्ट्रिलेवलका कार किन्ने र इन्धन किफायती कार खोज्नेका लागि तुलनात्मक रुपमा सस्तो मूल्यमा यही कार रहेको छ। भारतमा उत्पादन बन्द भएपनि यो कार नेपाल आएको छैन। 

भारतमा नयाँ भर्सनमा अल्टो के १० आउन लागेकाले उक्त कार नेपालमा समेत आउने छ। हजारौँ अल्टो प्रयोगकर्ता नेपालीको रोजाइमा नयाँ कार पनि पक्कै पर्नेछ। 


प्रकाशित : सोमबार, असार २७ २०७९०५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend