शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बतासको प्रतिबद्धतापछि सुल्झियो मणिपाल शिक्षण अस्पतालको विवाद

सोमबार, असार २० २०७९
बतासको प्रतिबद्धतापछि सुल्झियो मणिपाल शिक्षण अस्पतालको विवाद

पोखरा- नयाँ व्यवस्थापकको रूपमा आएको बतास अर्गनाइजेसनले आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबद्धता गरेसँगै मणिपाल शिक्षण अस्पतालको विवाद सुल्झिएको छ। सहमति भएसँगै आइतबारबाट नै  अस्पतालको ओपीडीसहितका सबै सेवा पूर्ण रूपले सञ्चालनमा आएका छन्।

मणिपाल शिक्षण अस्पतालका कर्मचारी युनियनले विभिन्न माग राख्दै लामो समयदेखि अस्पताल प्रशासनमा ताला लगाएर विरोध गरिरहेका थिए। तर प्रशासनले दुई महिनाभन्दा लामो समयसम्म पनि मागको सुनुवाइ नगरेपछि कर्मचारी युनियनले बहिरंग विभाग (ओपीडी) सेवासमेत आंशिक रूपमा बन्द गरेका थिए। अस्पतालमा एक महिनादेखि ओपीडी सेवा प्रभावित बनेको थियो।

शुक्रबार भएको त्रिपक्षीय वार्तामा लिखित सहमति भएपछि आइतबारदेखि ओपीडी सेवा पूर्ण रूपमा सञ्चालनमा आएको मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले जानकारी दिए।

अस्पतालमा कार्यरत कर्मचारीको सेवासुविधा समयसापेक्ष बनाउने र कर्मचारीले पनि आफ्नो क्षमता, योग्यता तथा पदअनुसार काम गर्ने र भविष्यमा कुनै समस्या आएमा वार्ता वा छलफलबाट नै समाधान खोज्ने र बन्द, ताला लगाउने गतिविधि नगर्ने सहमति भएको छ।


प्रकाशित : सोमबार, असार २० २०७९०३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend