सोमबार, असोज ७ गते २०८१    
images
images

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाटै रकम दाखिला गर्ने  

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १९ २०७९
images
images
नागरिक लगानी कोषले अनलाइन प्रणालीबाटै रकम दाखिला गर्ने  

कर्पोरेट पे सुविधा लिएका कार्यालयहरूले भने कर्पोरेट पे प्रणाली मार्फत आफैले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

images
images

काठमाडौं- नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरूको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरूको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।

images
images
images

यो सुविधा सीजीएएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरूले उपभोग गर्न सक्नेछन्।

यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले एप्रुभ गर्नेबित्तिकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ। तत्कालका लागि यो सुविधा कोषको कर्मचारी बचत वृद्धि अवकास योजनामा सहभागी भएका कर्मचारीहरूको कार्यालयहरूले पाउने कोषले जनाएको छ। ती कार्यालयहरूले आफ्ना कर्मचारीहरूका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसीएचएलका सबै सदस्य बैंक-वित्तीय संस्थाहरूबाट पठाउन सक्नेछन्। कर्पोरेट पे सुविधा लिएका कार्यालयहरूले भने कर्पोरेट पे प्रणाली मार्फत आफैले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

यस प्रणाली अनुसार सबै कार्यालयहरूले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरूको नाम थर र कोषले प्रदान गरेको परिचय नं. समेतको विवरण कोषको ई–सर्भिस पोर्टलमार्फत चढाई सो विवरणलाई सबमिट गरेपछि प्राप्त हुने सबमिसन नम्बर तथा अफिस कोड सहितको प्रिन्टआउट लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गरेपछि उक्त बैंकले सबमिसन नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको  बैंक सेन्ट्रल मोड्युल मार्फत रकम जम्मा गरिदिने छन्।

images

२० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड रुपैयाँसम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको कोषले जनाएको छ। 

बैंक तथा वित्तीय संस्थाबाट कर्पोरेट पे सुविधा लिएका कार्यालयहरूले यो सुविधा आफैंले कर्पोरेट पे मार्फत आफ्नो भुक्तानी खाताबाटै गर्न सक्दछन्। यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ। यसरी बैंक वा कर्पोरेट पे मार्फत नागरिक लगानी कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका तीन लाख भन्दा बढी सहभागीहरूलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास कोषले गरेको छ।


प्रकाशित : आइतबार, असार १९ २०७९१३:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend