शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बढ्दो व्यापार घाटाप्रति राष्ट्रपति भण्डारीले देखाइन् चिन्ता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १९ २०७९
बढ्दो व्यापार घाटाप्रति राष्ट्रपति भण्डारीले देखाइन् चिन्ता

उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको उल्लेख गरिन्।

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छिन्।  

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन्।  

उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको उल्लेख गरिन्। राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएका प्रति उनीहरूको प्रशंसा गरिन्। रासस


प्रकाशित : आइतबार, असार १९ २०७९१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend