काठमाडौं- नेपाल प्रहरीमा झन्डै ३ हजार जनाले रोजगारीको अवसर पाउने भएका छन्। प्रहरी प्रधान कार्यालय मावन स्रोत विभाग, भर्ना छनोट शाखाले २ हजार ९ सय १७ जनालाई रोजगारीको अवसर हुने गरी आवेदन मागेको छ।
प्रहरीले ४ सय ४३ जना प्रहरी सहायक निरीक्षक र २ हजार ४ सय ७४ जना जवान पदका लागि आवेदन मागेको हो।