शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुटकेशको ह्याण्डिल नै सुनको भेटिएपछि ...

शनिबार, असार १८ २०७९
सुटकेशको ह्याण्डिल नै सुनको भेटिएपछि ...

 काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठल भन्सार कार्यालयले भन्सार चेकजाँचको क्रममा यात्रुले ल्याएको सुटकेश नै सुनको फेला पारेको छ। शुक्रबार बेलुका ८:३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत बैंककबाट काठमाडौं आएको यात्रुको सुटकेशकाे ह्याण्डिलनै सुनको फेला पारेको हो।

 रोकेश तुलाधर नाम गरेका ती यात्रुले ल्याएको सुटकेशलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साईडको भित्रपट्टी शंकास्पद धातु रहेको पाएपश्चात निजको रोहवरमा उक्त सुटकेश खोली च्याती ह्याडिल जोडिने भित्री भागमा भएको त्यस्तो सुन निकालिएको थियो।

अन्य कुनै मालवस्तु नराखिएको खाली (नयाँ) सुटकेशको ह्याण्डिल साईडको भित्रपट्टी करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाईको सुनको बारलाई कार्वन पेपरले र्‍यापिङ् गरी अड्काएर लुकाई छिपाई ल्याएको अवस्थामा उक्त सुन बरामद भएको हो।

निजले ल्याएको सुनको कुल तौल २६७.४ ग्राम रहेको कार्यालयले जनाएको छ।  शुक्रबार राती नै ती यात्रुलाई नेपाल प्रहरीको हिरासतमा राखि भन्सार कार्यालयले विस्तृत अनुसन्धान प्रारम्भ गरिरहेकाे जनाइएको छ।

सुनको अवैध आयातमा रोकेश तुलाधर एक्लै संलग्न थिए वा अरू व्यक्तिको पनि संलग्नता थियो भन्ने विषय भने थप अनुसन्धानबाट खुल्दै जाने कार्यालयले जनाएको छ। त्यस्तो अनुसन्धानका लागि भन्सार अधिकृतलाई २५ दिनको समय उपलब्ध हुनेछ।


प्रकाशित : शनिबार, असार १८ २०७९०१:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend