शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कर उठाएर वितरण गर्दैमा समानता हुँदैन : विश्व पौडेल

शुक्रबार, असार १७ २०७९
कर उठाएर वितरण गर्दैमा समानता हुँदैन : विश्व पौडेल

धेरै कर उठाएर वितरण गर्नेमा ध्यान दिँदा रोजगारी सिर्जनाको पाटो प्रभावित हुने उनको भनाइ छ। 

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्षले धनीबाट कर उठाएर वितरण गर्दैमा बढ्दो असमानता नघट्ने बताएका छन्। 

सयुक्त राष्ट्र संघको एसिया क्षेत्रको आर्थिक तथा सामाजिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै समानताकम लागि अभ्यासका सुधार रहेको बताए। 

अहिले नै नेपाल सरकारले सामाजिक सुरक्षाका लागि उल्लेख्य बजेट विनियोजन तथा खर्चिंदै आएको छ। 

'अहिलेको सामाजिक सुरक्षा प्रणालीमा बजेट राम्रै खर्च भएको छ। तर यसमा सुधार आवश्यक छ। धनीले पनि लाभ लिने त्यसमा हुन हुँदैन' उनले भने। 

धेरै कर उठाएर वितरण गर्नेमा ध्यान दिँदा रोजगारी सिर्जनाको पाटो प्रभावित हुने उनको भनाइ छ। 

'यसै त नेपालजस्ता मुलुकको समस्या भनेकै रोजगारीबिहिन वृध्दिदर छ। यस्तोमा कर उठाएर वितरण गर्ने प्रणालीबाट समानता खोज्न सकिँदैन' उनले भने।


प्रकाशित : शुक्रबार, असार १७ २०७९१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend