शुक्रबार, वैशाख १४ गते २०८१    
images
images
भारतद्वारा ग्रेटवालको एफडीआई अस्वीकृतिको परिणाम

जीएमद्वारा समय सकिएको घोषणा : ग्रेटवालले फ्याक्ट्री नपाउने, कार्यालय बन्द, कर्मचारीलाई अवकाश

images
images
images
जीएमद्वारा समय सकिएको घोषणा : ग्रेटवालले फ्याक्ट्री नपाउने, कार्यालय बन्द, कर्मचारीलाई अवकाश

योसँगै ग्रेटवालकाे भारत यात्रा तत्काललाई पूर्णबिराम लागेको छ। उसले शुक्रबार नै भारतमा रहेको कार्यालय बन्द गर्ने र त्यहाँ रहेका कर्मचारीलाई तीन महिनाको तलब दिएर अवकाश दिने निष्कर्षमा पुगेको हो। 

images
images

काठमाडौं- चीनको सबैभन्दा ठूलो एसयूभी निर्माता कम्पनी ग्रेटवाल मोटर र जनरल मोटर (जीएम)इन्डियाबीच पुनेमा रहेको जीएमको प्लान्ट किन्ने सम्झौताको अवधि सकिएको जीएमले घोषणा गरेको छ। दोस्रोपटक थपिएको समयमा समेत दुई कम्पनीबीच खरिद/बिक्रीको अन्तिम टुंगो लाग्न नसकेपछि जीएमले शुक्रबार समय सकिएको घोषणा गरेको हो।

images
images
images

दुई कम्पनीबीच सुरु सम्झौतापछि दोस्रो पटक समय थप हुँदासमेत भारत सरकारले ग्रेटवाल मोटरले ल्याउन लागेको चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकर नगर्दा उक्त सहमति भंग हुन पुगेको हो। दिल्लीले अटोमोबाइल क्षेत्रमा बेइजिङ प्रभाव राक्न उक्त एफडीआईलाई सहज रुपमा आउन नदिने नीति लिएको छ। 

images

ग्रेटवाल र जीएमबीच २०२० जनवरीमा ३० करोड अमेरिकी डलरमा प्लान्ट खरिद गर्ने सहमति भएको थियो। दोस्रो पटक थपिएको सम्झौताको सयम जुन ३० मा सकिएको हो। ग्रेटवालले भारतमा जीएमको उक्त प्लान्ट खरिद गरेर १ अर्ब डलर लगानी गर्ने बताएको थियो।

images

जीएमको प्लान्टमा कार्यरत कर्मचारीहरूले समेत विभिन्न आन्दोलन गरिरहेका छन्। जीएम र कर्मचारीबीचको कानूनी लडाइसमेत जारी छ। जीएम र ग्रेटवालबीच २०२२ को जुनसम्ममा बिक्रीको प्रक्रिया टुंग्याइ सक्नुपर्ने थियो। 

images
images

ग्रेटवाल मोटरले भारतमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको थियो। ग्रेटवालको उक्त चाहनामा भारतको नियमन कानूनले अवरोध गरिरहेको छ।

ग्रेटवाल र जीएमबीच खरिदको प्रक्रिया छिटो टुंगो लगाउने सहमति हुँदा पनि भारत सरकारले ग्रेटवालको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी प्रस्ताव स्वीकृत नगर्दा प्रक्रिया नै रद्द हुन पुगेको हो। योसँगै ग्रेटवालकाे भारत यात्रा तत्काललाई पूर्णबिराम लागेको छ। उसले शुक्रबार नै भारतमा रहेको कार्यालय बन्द गर्ने र त्यहाँ रहेका कर्मचारीलाई तीन महिनाको तलब दिएर अवकाश दिने निष्कर्षमा पुगेको हो। 

भारतले ग्रेटवालको एफडीआई प्रस्ताव स्वीकार नगरेपछि केही लगानी ब्राजिलतर्फ समेत सोजिएको थियो। भारतमा गर्ने भनेको लगानी भने फिर्ता नै हुने अवस्था भने आइनसकेको ग्रटवाल इन्डियाको सञ्चालन प्रमुखले बताएका थिए। 

सम्झौतामा उल्लेख भएको समयभित्र अन्तिम सम्झौता हुन नसकेकाले सो सम्झौता स्वतः रद्द भएको जीएम इन्टरनेसनलका कार्यकारी निर्देशक (कम्युनिकेसन) जर्ज भिगोसले बताएको रोयटर्सले लेखेको छ। ‘भारतका बारेमा यसअघि भएको निर्णयबाट कम्पनी अर्कोे योजनामा गएको छैन,’ उनले भने, ‘उक्त प्लान्ट बिक्री गर्न अर्को विकल्पतर्फ लाग्छौं।’ प्लान्टमा रहेको सम्पत्तिले त्यसको मूल्य पाउनेमा कम्पनी आशावादी रहेको उनको भनाइ छ। 

यता ग्रेटवाल मोटरले समेत एक विज्ञप्ति जारी गरेर भारतीय बजारमा रहेको कम्पनीको ध्यान भविष्यका लागि हुने गरि सोचिनै रहेको बताएका छ। यसअघिको सम्झौता कार्यान्वयन हुन नसकेपनि नयाँ अवसरहरुको खोजी निरन्तर नै रहने ग्रेटवालले उल्लेख गरेको छ। 

चिनियाँहरू अन्तर्राष्ट्रिय ब्रान्ड लिएर भारतमा

चिनियाँ सवारी उत्पादकहरू भारतीय बजारमा आकर्षित हुन थालेका छन्। बढ्दो सवारी बजारलाई ‘क्यास’ गर्ने उद्देश्यले चिनियाँ सवारी उत्पादक भारत प्रवेश गरेका हुन्। 

उनीहरू भारत प्रवेश गर्नुको अर्काे लक्ष्य हो- भारतलाई आधार बनाएर उदीयमान एसियाली बजारमा आफ्नो उत्पादन लिएर जानु। चिनियाँलाई भारत प्रवेश गर्नासाथ सवारी उत्पादन गरि बजारमा ल्याउने आधार जनरल मोटर्सले दिएको हो। 

भारतीयहरूले चिनियाँ सवारीमा विश्वास गर्ने आधार नदेखेपछि स्थानिय सवारी उत्पादकसँग साझेदारी गर्ने वा अन्तर्राष्ट्रिय ब्रान्ड खरिद गरेर चिनियाँहरू भरतीय बजारमा प्रवेश गर्ने रणनीतिमा रहेको देखिन्छ। 

केही वर्षअघि चीनको सांघाईमा रहेको एसएआइसी मोटर कर्पोरेसन लिमिटेडले बेलायती सवारी उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) खरिद गर्याे। बेलायती ब्रान्ड एमजी मोटर्समार्फत चिनियाँ कम्पनी एसएआइसी भारतीय बजारमा प्रवेश गरेको थियो। 

एसएआईसीले २०१७ मा भारतबाट औपचारिक रुपमा प्लान्ट बन्द गरेर गएको अमेरिकी कम्पनी जनरल मोटर (जीएम) को प्लान्ट खरिद गर्नु उपयुक्त विकल्प देख्यो। अहिले एमजीले सोही प्लान्टबाट कार उत्पादन गरिरहेको छ। 

जीएमको बहिर्गमनले खोलेको ढोका

अमेरिकी सवारी उत्पादक कम्पनी जनरल मोटर्स (जीएम) ले भारतीय बजारमा दुईवटा प्लान्ट स्थापना गरेको थियो। भारतको गुजरात र महाराष्ट्रमा रहेका प्लान्टबाट सेब्रोलेका कार उत्पादन गरि बिक्री तथा निर्यात गर्दै आएको थियो। विविध कारण २०१७ मा जीएम भारतबाट औपचारिक रुपमा बाहिरियो। त्यसपछि चिनियाँ कम्पनी एसएआईसी भारत प्रवेशका लागि सहज वातावरण बनेको हो। 

एसएआईसीले जीएमको गुजरातमा रहेको हालोल प्लान्ट खरिद गरेको थियो। जीएमको उक्त प्लान्ट खरिदका लागि एसएआईसीको पूर्ण स्वामित्व रहेको एमजी मोटर इन्डियाले २ हजार करोड भारु खर्चेको थियो। एसएआईसी पछि ग्रेटवाल मोटर्सको प्रवेश चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्सले पनि भारत प्रवेशको घोषणा गरेको थियो। 

ग्रेटवाल मोटर्सले भारतको महाराष्ट्रमा रहेको जनरल मोटर्सको प्लान्ट खरिद गर्ने सम्झौता गरेको थियो। कम्पनीले उक्त प्लान्ट खरिद गर्दै भारतमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना गरेको हो। ग्रेटवाल मोटर्स भारतमा २०२० को फेब्रुअरीमा भएको अटो एक्स्पो २०२० बाट औपचारिक रुपमा प्रवेश गरेको थियो।  

ग्रेटवाल मोटरले भारतमा सहायक कम्पनी हाभाल मोटरमार्फत उक्त लगानी गर्ने भनेको थियो। यो कम्पनी भारत सरकारले दिएको कर्पोरेट कर छुट (१५ प्रतिशत) पाउन योग्य नभएको यसअघि नै बताइसकेको थियो। छुट नपाउँदा भारतमा कर्पोरेट करको दर १७.०१ प्रतिशत लाग्ने व्यवस्था छ। 

नेपालमा समेत ग्रेटवाल मोटर र उसको सहायक ब्रान्ड हाभालका सवारी उपलब्ध रहेका छन्। हाल चीनबाट नै ग्रेटवाल तथा हावालका सवारी भित्रिरहेको छ। भारतमा उत्पादन भएपछि भारतबाटै आयात हुने जनाइएको छ। 
तर अब भने यो योजना तत्काललाई टरेको छ। ग्रेटवालले भारतमा सवारी उत्पादन गर्छ वा गर्दैन र कहिलेबाट गर्छ भन्ने कुरा अनिश्चित भएको छ। 

जीएम पछि अर्को अमेरिकी कार उत्पादक फोर्डले समेत भारतबाट बाहिरिने निर्णय गरिसकेको छ। २०२१ को अन्त्यतिर फोर्डले भारतमा सवारी उत्पादन बन्द गर्ने निर्णय गरेको थियो। निर्यात प्रयोजनका लागि २०२२ को मध्यतिर सम्ममात्र उत्पादन हुने र त्यसपछि पूर्ण रुपमा बन्द हुनेछ। 

भारतमा फोर्डका गुजरात र तामिलनाडूमा दुई वटा प्लान्ट रहेका छन्। तामिलनाडू प्लान्ट खरिद गर्न टाटाले इच्छा देखाएको र यो निर्णय नजिक पुगेको छ। फोर्डको तामिलनाडू प्लान्टमा खरिदका लागि समेत चिनियाँ कम्पनीहरूले चासो देखाएका थिए। सो प्लान्ट त्यहाँको राज्य सरकारले भारतीय सवारी उत्पादकलाई नै दिने अडकल भारतीयहरुले गरेका छन्। 

images

प्रकाशित : शनिबार, असार १८ २०७९११:१९

प्रतिक्रिया दिनुहोस