शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बन्द रहेका तीन सरकारी उद्योग सञ्चालन गर्ने निर्णय, लागत कति?

शुक्रबार, असार १७ २०७९
बन्द रहेका तीन सरकारी उद्योग सञ्चालन गर्ने निर्णय, लागत कति?

सुरुमा विरगञ्ज चीनी मिल, वीरगञ्जमा रहेको कृषि औजार कम्पनी र हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने निर्णय भएको उद्योग मन्त्रालयले जनाएको छ। 

काठमाडौं- सरकारले बन्द रहेको तीनवटा सरकारी उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ। केही दिनअगाडि मात्रै अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, योजना अयोगका उपाध्यक्ष तथा मन्त्रालयका सचिवहरूबीच भएको छलफलपछि उद्योग सञ्चालन गर्ने निर्णय भएको हो।

उद्योग सञ्चालनको निर्णय भएँसँगै अर्थ मन्त्रालयले वित्तीय सहयोग दिनका लागि उद्योग मन्त्रालयसँग सञ्चालनको मोडालिटीसमेत माग गरेको छ।

सुरुमा विरगञ्ज चीनी मिल, वीरगञ्जमा रहेको कृषि औजार कम्पनी र हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने निर्णय भएको उद्योग मन्त्रालयले जनाएको छ। 

जसमा चिनी मिल सञ्चालनका लागि २५ करोड र हेटौंडा कपडा उद्योग सञ्चालनका लागि उकरण मर्मतमा १ करोड रुपैयाँ लाग्ने अनुमान समेत गरिएको छ। कपडा उद्योगका लागि पनि लागत कति लाग्छ भने विषयमा छलफल भइरहेको छ। वीरगञ्ज चिनी कारखाना १६ माघ २०५९ र कृषि औजार कारखाना ४ चैत २०५९ मा निजीकरण गरिएको थियो।


प्रकाशित : शुक्रबार, असार १७ २०७९०९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend