शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेलको आकर्षक जागिर छाडेर कर्जा सुरक्षण कोषको सीईओ बने घिमिरे

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १७ २०७९
एनसेलको आकर्षक जागिर छाडेर कर्जा सुरक्षण कोषको सीईओ बने घिमिरे

यसअघि एनसेलको लिगल, रेगुलेटरी तथा कर्पाेरेट सर्भिसेज चिफ रहेका घिमिरेलाई सोमबारको मन्त्रिपरिषदको बैठकले कोषको सिइओमा नियुक्त गरेको हो। 

काठमाडौं- निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश घिमिरे नियुक्त भएका छन्। यसअघि एनसेलको लिगल, रेगुलेटरी तथा कर्पाेरेट सर्भिसेज चिफ रहेका घिमिरेलाई सोमबारको मन्त्रिपरिषदको बैठकले कोषको सिइओमा नियुक्त गरेको हो।  

अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले घिमिरेलाई नियुक्त गरेको हो। यसअघि सीईओ सिफारिसका लागि राजस्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा समिति बनेको थियो। समितिले घिमिरेसहित कविराज अधिकारी र रमेश दाहालको नाम सिफारिस गरेको थियो।  

एनसेलमा कानुन, नियमन तथा कर्पोरेट विभाग हेर्ने घिमिरेले कम्पनीका सिइओपछिको भूमिका निर्वाह गर्दै आएका थिए । उनले चार वर्ष एनलेलमा काम गरे । 

घिमिरेसँग करिब दुई दशक बै‍ंकिङ क्षेत्रको अनुभव भएका घिमिरेले १४ वर्ष नेपाल एसबिआई बैंकमा काम गरेका थिए । एनसेलमा जानुअघि उनी एसबिआइको चिफ म्यानेजरका रुपमा काम गरिरहेका थिए । उनले एसबिआइ क्यापिटलकाे सिइओका रुपमा पनि काम गरेका थिए । 

त्यसअघि ४ वर्ष उनले एनआएसी बैंकमा काम गरेका थिए । लामाे समय निजी क्षेत्रमा काम गरे‌र पाएकाे अनुभवका आधारमा सरकारमा योगदान गर्ने उद्देश्यले आफू काेषमा जान चाहेको घिमिरेले बताए । 'अहिलेसम्म मैले जहाँ काम गरेँ त्यसबाट निजी व्यवसायी वा विदेशी सरकारले लाभ पाए अब राज्यलाई योगदान गर्न चाहेकाे छु,' घिमिरेले बिजनेस न्युजसँग भने । कोषमा काम गर्न आफूसँग अनुभव, सिप तथा नेतृत्वकला सबै रहेकाे उनले बताए ।


प्रकाशित : शुक्रबार, असार १७ २०७९१३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend