काठमाडौं- बिहीबार प्रतितोला तीन सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि तीन सय रुपैयाँले नै घटेको छ।
बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तीन सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि तीन सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै बिहीबार प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।