मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

उछाल आएको सेयर बजारमा सकारात्मक सर्किट हान्ने यी हुन् ६ कम्पनी

बिहीबार , असार १६ २०७९
उछाल आएको सेयर बजारमा सकारात्मक सर्किट हान्ने यी हुन् ६ कम्पनी

काठमाडौं- बिहीबार ७४.९३ अंकको वृद्धिसँगै २०३७.६४ बिन्दुमा पुगेर हरियाली छाएको सेयर बजारमा विभिन्न ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै १५ क‍म्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। 

नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसीएल लघुवित्त, सूर्योदय बोमी लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको हो। 

बिहीबारको कारोबारमा १ सय ९१ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य भने घटेको छ। सेयर मूल्य घट्नेमा बरूण हाइड्रोपावर र गुँरास लघुवित्त वित्तीय संस्था रहेका छन्। 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको सेयर मूल्यमा नै वृद्धि भएको छ। बैंकिङ २९.६८, व्यापार १२६.७, होटल तथा पर्यटन १२७.७, विकास बैंक २०४.४४, जलविद्युत् १०२८, वित्त १००.२८, निर्जीवन बीमा ३७८.२, उत्पादन २५०.४२, अन्य ८६.०२, लघुवित्त २०४.४२, जीवन बीमा २९६.०५, सामूहिक लगानी कोष ०.३८ र लगानी २.२ अंकले उकालो लागेको छ।

बिहीबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५ अर्ब १५ करोड ९६ लाख १६ हजार ४ सय ६५ बराबर पुगेको छ। 

नेप्सेको वृद्धिसँगै कारोबार रकममा समेत सुधार देखिएको छ। २ सय २७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ रुपैयाँमा खरिद बिक्री भएका छन्। 

घटेको सेयर बजार लयमा फर्कने प्रयासमा, नियामकको साथ पाए उच्च बिन्दुतर्फ बढ्ला? घटेको सेयर बजार लयमा फर्कने प्रयासमा, नियामकको साथ पाए उच्च बिन्दुतर्फ बढ्ला?

 

 


प्रकाशित : बिहीबार , असार १६ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend