शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

डोल्पाको दुनैमा शाखा खोलेसँगै ७७ वटै जिल्लामा पुग्यो ग्लोबल आईएमई बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १६ २०७९
डोल्पाको दुनैमा शाखा खोलेसँगै ७७ वटै जिल्लामा पुग्यो ग्लोबल आईएमई बैंक

डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा ठूलीभेरी नगरपालिकाको दुनै बजारमा २८९ औं नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकलाई सेवा दिइरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेको छ। 

प्रकाशित : बिहीबार , असार १६ २०७९१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend