शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

उद्योग विभागले सञ्चालनमा ल्यायो आईएमआईएस, उद्योग दर्तादेखि निर्यात अनुदानसम्मको काम अनलाइनबाटै 

बिहीबार , असार १६ २०७९
उद्योग विभागले सञ्चालनमा ल्यायो आईएमआईएस, उद्योग दर्तादेखि निर्यात अनुदानसम्मको काम अनलाइनबाटै 

प्रारम्भिक चरणमा रहेको हुँदा सञ्चालनमा समस्या पर्न सक्ने भन्दै समस्या समाधानका लागि समेत आफूहरू प्रतिबद्धता रहेको विभागले जनाएको छ। 

काठमाडौं- उद्योग विभागले उद्योग म्यानेजमेन्ट इन्फर्मेसन प्रणाली (आईएमआईएस) सञ्चालनमा ल्याएको छ। विभागले असार १५ गतेदेखि अनलाइनबाटै सेवा प्रदान गर्ने गरी आईएमआईएस सञ्चालनमा ल्याएको जनाकारी दिएको छ। 

विभागबाट सम्पादन हुने उद्योग दर्ता, विदेशी लगानी स्वीकृत, निर्यात अनुदान, भिसा स्वीकृत, लाभांश फिर्ताको सिफारिस, व्यावसायिक भिसा/कामदार भिसा सिफारिस लगायतका सेवाहरू अनलाइनमार्फत सञ्चालन गर्नका लागि आईएमआईएस प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।

विभागले सफ्टवेयर निर्माण सम्पन्न भइ कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको हुँदा सञ्चालनमा समस्या पर्न सक्ने भन्दै समस्या समाधानका लागि समेत आफूहरू प्रतिबद्धता रहेको जनाएको छ। 

ind.JPG

 


प्रकाशित : बिहीबार , असार १६ २०७९०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend