काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।