सोमबार, असोज ७ गते २०८१    
images
images

बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १६ २०७९
images
images
बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो। 

images
images

नवलपुर- बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। 

images
images
images

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ। 

'रातभरि डाइभर्सन निर्माणको काम गर्‍यौँ', उनले भने, 'बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ।'

मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो। 

images

डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन्। रासस


प्रकाशित : बिहीबार , असार १६ २०७९०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend