मंगलबार, मंसिर ११ गते २०८१    
images
images

केपी ओली भन्छन् - प्लटिङका कारण बस्ती र खेती गोलमाल भयो, गल्ती सुधारे धान निर्यात गर्नेमा पुगिन्छ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १५ २०७९
images
images
केपी ओली भन्छन् - प्लटिङका कारण बस्ती र खेती गोलमाल भयो, गल्ती सुधारे धान निर्यात गर्नेमा पुगिन्छ 

लापरबाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यवसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने ओलीले बताए। 

images
images

भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गरे नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन्।

images
images
images

अखिल नेपाल किसान महासंघले १९ औँ धान दिवसका अवसरमा बुधबार भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैँले गर्दै आएको लापरबाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यवसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए। 

images

नेपालका ६० प्रतिशत मानिस कृषि पेसामा रहेर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको भन्दै उनले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताए। प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको भन्दै उहाँले कहाँ बस्ती राख्ने, कहाँ खेती गर्ने, कहाँ उद्योग स्थापना गर्ने भन्ने नै गोलमाल भइराखेको बताए।

images
oli ropain.jpg

नेपालको भूबनोट र हावापनीअनुसार नेपालमा धानबालीको लागि अति उपयुक्त देश भएको बताउँदै उनले धान, गहुँजस्ता अन्नबाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताए। कार्यक्रममा उनले मेसिनबाट धान रोपे। पत्नी राधिका शाक्यसँगै मेसिनमा बसेर उनले खेतमा मेसिन गुडाउँदै धान रोपाइँ गरेका हुन्।

कार्यक्रममा महासंघका अध्यक्ष डा प्रेम दङ्गालले  नेपालमा बर्सेनि ४३ अर्बको धान र चामल आयात हुने गरेको बताउँदै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा ६५ लाख मेट्रिक टन धान नेपालले उत्पादन गर्नसके धानमा आत्मनिर्भर हुने बताए। कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले असार १५ बितिसक्दा पनि सरकारले किसानलाई मल दिन नसक्दा धान उत्पादनमा ह्रास आउने बताए। रासस


प्रकाशित : बुधबार, असार १५ २०७९१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend