शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम 

बुधबार, असार १५ २०७९
सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम 

देशभरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८ सय ९५ जना टाटा कमर्सियल गाडीका चालकहरुले सहभागीता जनाएका थिए।

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले सवारी चालक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा असार १ गतेदेखि ९ गतेसम्म आयोजना गरेको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ। 

देशभरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८ सय ९५ जना टाटा कमर्सियल गाडीका चालकहरुले सहभागीता जनाएका थिए। उक्त कार्यक्रमा बीएस६ प्रविधि सम्बन्धि ज्ञान प्रदान गर्नुका साथै सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउदाँ चालकहरुले के कस्ता कुराहरुमा ध्यान दिँदा गाडीको कार्य क्षमता वृद्धि गर्न सकिन्छ भन्ने कुरा सिकाइएको थियो। 

त्यस्तै गाडीको आयु बढाउन के गर्नु पर्छ तथा के गर्नु हुँदैन, गाडी संचालन खर्चलाई न्यूनिकरण गर्ने उपाय आदि कुराहरु तालिममा समेटिएको थियो। सिप्रदी ट्रेडिङ र सिप्रदी सहायता संस्थाले यस्ता कार्याक्रहरु गर्दै आएका छ।


प्रकाशित : बुधबार, असार १५ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend