शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

एमजीले ल्याउन लागेको सानो आकारको विद्युतीय कारको धमाधम परीक्षण

images
बुधबार, असार १५ २०७९
images
images
एमजीले ल्याउन लागेको सानो आकारको विद्युतीय कारको धमाधम परीक्षण

यही कारमा आधारित भएर एमजीको सानो ह्याचब्याक कार बजारमा आउन लागेको हो। 

images
images

काठमाडौं- एमजी मोटरले भारतीय बजारलाई लक्षित गर्दै ल्याउन लागेको सानो आधारको विद्युतीय कारको परीक्षण तीब्र पारिएको छ। ह्याचब्याक सेगमेन्टमा आउने यो कारको हाल रोड टेस्टको काम भइरहेको छ। 

images
images

भारतीय बजारमा विद्युतीय माइक्रो ह्याचब्याक कार विलिङमै आधारित हुनेछ। विलिङ एयर ईभीका नाममा चीन तथा इन्डोनेसियामा यो कार बिक्री हुँदै आएको छ। यही कारमा आधारित भएर एमजीको सानो ह्याचब्याक कार बजारमा आउन लागेको हो। 

images
images

विलिङ एयर ईभी लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र हाइट १६३१ एमएम रहेको छ। यो कारको ह्वील वेस २०१० एमएम छ। विलिङ एयर ईभी तीन र चार ढोका अप्सनमा उपलब्ध रहेको छ। तर एमजीले भारतमा सार्वजनिक गर्ने सानो ह्याचब्याक विद्युतीय कार भने निक्कै परिमार्जन सहित अउने अनुमान गरिएको छ। 

images
images

भारतीय बजारका लागि विलिङ एयर ईभीमा आधारित रहेर एमजीले ल्याउने मिनि ईभी चार ढोकामा मात्र आउने छ। एमजीले ल्याउने सानो विद्युतीय कारको मूल्य कति हुने, यसले कति रेन्ज दिन्छ भन्ने विषय भने खुलाइएको छैन। 

हाल भारतीय बजारमा उक्त कारको परीक्षण भने गरिरहेको स्वाई तस्बिर सार्वजनिक भएको छ। योसँगै भारतीय बजारमा चिनियाँ विद्यूतीय कारहरु सार्वजनिक हुनेक्रम समेत बढ्ने अनुमान गरिएको छ। 

भारतमा टाटाको नेक्सन ईभी, टिगोर ईभी र एक्सप्रेसटी, एमजीको जेडएस ईभी, हुन्डाई कोना इभी बिक्री भइरहेका छन्। त्यस्तै केही प्रिमियम ब्रान्डले समेत विद्युतीय कार बिक्री भइरहेको छ। मध्यम मूल्यका विद्युतीय कार भारतीय बजारमा विभिन्न कम्पनीले ल्याउने तयारी गरिरहेका छन्। 

विश्वभर विद्युतीय कारको उत्पादन तथा बिक्री उल्लेख्य रुपमा बढेको छ। अमेरिका, चीन, युरोपेली मुलुकहरुले विद्युतीय कार उत्पादक र उपभोक्तालाई प्रत्यक्ष सहुलियत दिइरहेको छ। भारतमा समेत सरकारले विद्युतीय कार उत्पादनहरुलाई सहुलियत दिने नीति लिएको छ। नेपालमा पनि सरकारले विद्युतीय कारमा कर सहुलियत दिएको छ। 


प्रकाशित : बुधबार, असार १५ २०७९११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend