शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाइने (यस्ता छन् मन्त्रिपरिषदका अरु निर्णय)

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १५ २०७९
विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाइने (यस्ता छन् मन्त्रिपरिषदका अरु निर्णय)

कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।

काठमाडौं- सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निर्णय गरेको छ। बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

मन्त्री कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको बताएका छन्।

यस्तै, उनका अनुसार बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ। 

प्रवक्ता कार्कीले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली-२०८९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए।

यस्तै सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ। कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ।

 


प्रकाशित : बुधबार, असार १५ २०७९११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend