शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

२२ करोड राजस्व छलीको आरोपमा मुद्दा दायर 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १५ २०७९
२२ करोड राजस्व छलीको आरोपमा मुद्दा दायर 

२२ करोड विगो र विगो बराबरकै जरिबाना दाबी गर्दै अभियोग पत्र दायर गरेको छ।

काठमाडौं-  पशुपति रोड क्यारियर नेपालका सञ्चालक तथा कारोबारमा जोडिएका अन्य संस्थाका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। 

पशुपति रोड क्यारियरले भीसीटीएसमा प्रविष्ट गरेर समान पास गराएपनि नेपालभित्र बिल बिजक बिना सामानको कारोबार गरेको थियो। अनुसन्धानका क्रममा उक्त कसुर भेटिएकाले पशुपति क्यारियर तथा कारोबारमा जोडिएका अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ। 

विभागले कूल २२ करोड कर छली भएको पाइएको बताएको छ। २२ करोड विगो र विगो बराबरकै जरिबाना दाबी गर्दै अभियोग पत्र दायर गरेको छ।


प्रकाशित : बुधबार, असार १५ २०७९०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend