शनिबार, वैशाख १५ गते २०८१    
images
images

सबैजसो कार उत्पादक पूर्णविद्युतीयमा केन्द्रित हुँदा टोयोटा किन हाइब्रिडकै रटानमा छ?

images
images
images
सबैजसो कार उत्पादक पूर्णविद्युतीयमा केन्द्रित हुँदा टोयोटा किन हाइब्रिडकै रटानमा छ?

टोयोटाले २०३० सम्म विद्युतीकरण परियोजनामा ६० अर्ब डलर लगानी गर्ने घोषणा गरेपनि उसले हाइब्रिड कारलाई नै बढी प्राथमिकता दिनुले संसय पैदा गरेको छ। 

images
images

काठमाडौं- संसारभरका ठूला कार उत्पादकहरु पूर्णतः विद्युतीय सवारी उत्पादनतर्फ लाग्दा जापानी कार उत्पादक टोयोटा भने हतार गर्न नहुने पक्षमा दर्बिलो गरि उभिएको छ। टोयोटाले केही समयअघि बेलायतमा भएको जलवायु सम्मेलनमा २०४० पछि विद्युतीय कार मात्र उत्पादन गर्ने सम्झौतामा समते हस्ताक्षर गरेन। 

images
images
images

हालैमात्र टोयोटा मोटर कर्पोरेसनका अध्यक्षले जापानका प्रधानमन्त्रीलाई भेटेर हाइब्रिडलाई नै प्राथमिकतामा राख्न आग्रह गरेका छन्। त्यहीअनुसार टोयोटाले भारतलगायत देशहरुमा हाइब्रिड कार उत्पादनलाई प्राथमिकता दिएको छ। 

images

भनिन्छ ट्रम्प शासन छउन्जेल अमेरिकाले विद्युतीय सवारीमा केन्द्रित हुनेगरि कुनैपनि काम गरेन।। त्यसमा सबैभन्दा ठूलो हात टोयोटाको रहेको बताइन्छ। टोयोटाले अमेरिकामा लाखौं डलर खर्चेर ‘लबिस्ट’ राखेको थियो। उनीहरुको मुख्य काम सरकारी अधिकारीहरुलाई तत्काल विद्युतीय सवारीमा जान आवश्यक नरहेको र अहिलेको जलवायु परिवर्तन स्वभाविक प्रक्रियाअनुसार आएको भनेर ‘कन्भिन्स’ गराउनु थियो। त्यसमा ट्रपको बिमती देखिएको थिएन। 

images

टोयोटाले हालसम्म एउटामात्र विद्युतीय कार सार्वजनिक गरेको छ। त्यसमा पनि विभिन्न समस्या देखिएर कम्पनीले हालैमात्र फिर्ता बोलाएको छ। 

images
images

भारत टोयोटाका लागिभन्दा सुजुकी मोटर कर्पका लागि महत्वपूर्ण बजार हो। त्यसैले भारतमा टोयोटा र सुजुकीले संयुक्त रुपमा हाइब्रिड कार उत्पादनलाई प्राथमितामा राखेका छन्। 

एकैपटक विद्युतीय कारमा जानभन्दा हाइब्रिड हुँदै क्रमिक रुपमा पूर्णविद्युतीयमा जानु उपयुक्त र उपभोक्ताका लागि समेत लाभदायक हुने जिकिर टोयोटाले गर्दै आएको छ। 

हाइब्रिड प्रविधिमा कार उत्पादन गरेर बिक्री गर्ने लक्ष्यसहित टोयोटा र सुजुकीले सन् २०१७ देखि साझेदारी गरेका हुन्। यो साझेदारी अफ्रिकामा समेत लागु हुनेछ।

भारतमा टोयोटा र सुजुकीले हाइब्रिड कार उत्पादन गरे भने नेपालमा समेत ती नै हाइब्रिड कार आउने छन्। वायु प्रदूषण कम गर्न हाइब्रिड कार उपयुक्त भएपनि ब्याट्री विद्युतीय सवारीजस्तो शून्य प्रदूषणयुक्त भने होइन। 

टोयोटाले २०३० सम्म विद्युतीकरण परियोजनामा ६० अर्ब डलर लगानी गर्ने घोषणा गरेपनि उसले हाइब्रिड कारलाई नै बढी प्राथमिकता दिनुले संसय पैदा गरेको छ। 

हाल टोयोटा विश्वको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी हो। आफ्नो विश्व बजार हिस्सा गुमाउनु कम्पनीका लागि पक्कै लाभदायक हुने छैन। त्यसैले टोयोटाले यी विषयलाई समेत मध्यनजर गरेर आगामी दिनमा कदम चाल्ने रोयर्टसले लेखेको छ।  

images

प्रकाशित : मंगलबार, असार १४ २०७९०५:२४

प्रतिक्रिया दिनुहोस