आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

'दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गरिने, खाद्यवस्तुको अभाव हुन नदिइने'

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार ११ २०७९
images
images
'दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गरिने, खाद्यवस्तुको अभाव हुन नदिइने'

बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुनेगरी काम गर्न उनले आग्रह गरे।

images
images

काठमाडौं- सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गर्ने भएको छ।

images
images

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाई मूल्य नियन्त्रण गरिने विश्वास व्यक्त गरे।

images
images

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुनेगरी काम गर्न उनले आग्रह गरे। मन्त्री बडूले उपभोग्य वस्तुमाथि कानूनविपरीत मूल्यवृद्धि गरेको पाइएमा कारवाहीको दायरामा ल्याइने भन्दै यस कार्यमा सञ्चारमाध्यम र उपभोक्ताले सहयोग गर्नुपर्ने धारणा राखे।

images
images
images

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि बढिरहेकाले त्यसैको प्रभावस्वरुप बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको विषयप्रति सरकार गम्भीर र संवेदनशील छ। सोही विषयलाई मध्यनजर गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनतालाई असर पुरयाएकोले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए। रासस

सरकार गम्भीर रहेको देखाउन प्रधानमन्त्रीको निर्देशनमा घटाइयो पेट्रोलियम पदार्थको मूल्य सरकार गम्भीर रहेको देखाउन प्रधानमन्त्रीको निर्देशनमा घटाइयो पेट्रोलियम पदार्थको मूल्य  


प्रकाशित : शनिबार, असार ११ २०७९०९:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend