आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

सरकार गम्भीर रहेको देखाउन प्रधानमन्त्रीको निर्देशनमा घटाइयो पेट्रोलियम पदार्थको मूल्य

images
शनिबार, असार ११ २०७९
images
images
सरकार गम्भीर रहेको देखाउन प्रधानमन्त्रीको निर्देशनमा घटाइयो पेट्रोलियम पदार्थको मूल्य

प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिएको निर्देशनबमोजिम मूल्य घटाइएको

images
images

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा सबैतिर महँगी बढेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रसरतामा पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। 

images
images

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि बढिरहेकाले त्यसैको प्रभावस्वरुप बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको विषयप्रति सरकार गम्भीर र संवेदनशील रहेको सन्देश दिन प्रधानमन्त्रीले मूल्य घटाउन निर्देशन दिएका थिए।

images
images

पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बिहान सत्ता गठबन्धनका शीर्षस्त नेताहरुको बैठक भएको थियो। उक्त बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल आयल निगमका उच्च पदाधिकारीको उपस्थिति थियो।

images
images
images

बैठकले वर्तमान अवस्थामा जनतालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य घटाउने सुझाव दिएअनुरुप मूल्य समायोजन गरिएको हो। बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिएको निर्देशनबमोजिम मूल्य घटाइएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। 

सरकारले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको हो।  अबदेखि डिजेलको मूल्य लिटरको १६३ रुपैयाँ र पेट्रोल १७९ रुपैयाँ पर्ने छ। 


प्रकाशित : शनिबार, असार ११ २०७९०९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend