शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

टाट पल्टिन सक्ने भन्दै सतर्क छन् टेस्ला सीईओ मस्क, के संकट नजिकिएको हो? 

images
images
टाट पल्टिन सक्ने भन्दै सतर्क छन् टेस्ला सीईओ मस्क, के संकट नजिकिएको हो? 

कारोनाका कारण भएको लकडाउन र तत्पश्चात उत्पन्न सामान आपूर्तिको समस्याले टेस्लासँगै संसारभरका कार उत्पादन प्रभावित भएको छ। जुन आजपर्यन्त जारी छ। 

images
images

काठमाडौं- कोरोना महामारी र तत्पश्चात सृजित समस्याका कारण संसारभरका व्यापार व्यवसाय प्रभावित छन्। उत्पादकदेखि खरिदकर्तासम्म र मजदूरदेखि मालिकसम्म महँगी र आर्थिक संकटको सम्भावनाबाट सशंकित हुन थालेका छन्। 

images
images
images

संकटको सम्भावना आँकलन गरेर विश्वको सर्वाभिक बिक्री हुने तथा चर्चामा रहेको अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कले अभिव्यक्ति दिएका छन्। टेस्लाले संसारका विभिन्न देशमा नयाँ प्लान्ट स्थापनालाई तीब्रता दिएको छ।

images

पछिल्लोपटक नयाँ प्लान्टमा लगानी गर्दा टेस्लाले अर्बौं डलर नोक्सानी व्यहोरेका छन्। कारोनाका कारण भएको लकडाउन र तत्पश्चात उत्पन्न सामान आपूर्तिको समस्याले टेस्लासँगै संसारभरका कार उत्पादन प्रभावित भएको छ। जुन आजपर्यन्त जारी छ। 

images

यस्तै अवस्था कायमै रहने हो भने कम्पनी टाट पल्टिनबाट सम्भावना टाढा नरहेको एक अन्तर्वार्तामा सीईओ मस्कले बताएका छन्। ‘पछिल्लो दुई वर्ष सवारी उत्पादनका लागि सप्लाई चेन खल्बलिँदा अन्धकारमय जस्तै हुन पुग्यो,’ मस्कले दिएको अन्तर्वार्ता उदृत गर्दै सीएनएनले लेखेको छ, ‘एकपछि अर्को समस्या सामना गर्दै जाने हो भने हामी पनि टाट पल्टिने अवस्थाभन्दा पर त हुने छैनौं। तर यसबारे हामी सुरुदेखि नै सचेत भएकाले आवश्यक कदमहरु चलेरै पनि त्यसबाट रोक्न प्रयत्न गर्ने छौं।’ 

images
images

विगतका दुई वर्षको तुलनामा कम्पनी अहिले निक्कै सहज अवस्थामा आइपुगेकाले कठिनाई कम भएपनि दुर भने नभएको मस्कको भनाइ छ। चीनको सांघाईमा रहेको टेस्लाको प्लान्ट केही समयअघि कोरोनाका कारण भएकाले लकडाउन पछि  लामैसयम बन्द भएको थियो।

टेस्लाले २०२२ पछि नै जर्मनी र टेक्सानमा दुई वटा प्लान्ट सञ्चालनमा ल्याएको छ। जसको सञ्चालनका लागि अर्बौं डलर खर्च भएको छ भने नियमित सञ्चालनका लागिसमेत ठूलो रकम खर्च हुन्छ। सप्लाइ चेनको समस्या जारी रहेकाले उत्पादन बढ्न नसक्दा दुवै प्लान्ट घाटामा रहेका छन्। 

टेस्लालगायतका कम्पनीहरु टाट पल्टिने खतरामा रहेको जीएलजे रिसर्च एजेन्सीका विज्ञ जोर्डन जोनसनले बताएका छन्। टेस्लालगायत बाह्य लगानीका कम्पनीहरुका लागि चीनमा झनै समस्या बढ्न सक्ने भएकाले टेस्लाहरु वस्तविक समस्यामा पर्न सक्ने उनको तर्क छ। 

टेस्लाले १० नियमित कामदार कटौती गरेर घण्टा वेसिसमा काम गर्ने कामदार भने नियुक्त गरिनै रहेको छ। यो पनि उसका लागि अर्को चुनौती हुन सक्छ। कर्मचारी कटौती गर्ने कम्पनीहरु टाट पल्टिनबाट जोगिएको इतिहास बिरलै भएको जोनसनको भनाइ छ। उनी बाहेकका अन्य विश्लेषकहरुले यही अवस्थाबाट नै टेस्ला नाफामा जान सक्ने अनुमान गरेका छन्। यसका लागि सप्लाई चेन भने पूर्ववत अवस्थामा फर्कनु पर्ने सर्त उनीहरुको छ। 

टेस्ला २०१८ को अन्त्यतिरबाट नाफामा जान थालेको हो। त्यसअघि टेस्लाको बहीखातामा घाटाबाहेक अर्को कुरा केही थिएन भन्दा फरक पर्दैन। विगत दुई वर्षको तुलनामा पछिल्लो त्रैमासमा भने टेस्लाले राम्रै नाफा हासिल गरेको तथ्यांकहरु सार्वजनिक भएका छन्।

टेस्लाले २०२१ मा करिब १० लाख कार बिक्री गरेको थियो। यो अमेरिकाको एउटा प्लान्ट र चीनको प्लान्टबाट भएको उत्पादनको संख्या हो। अमेरिकाको टेक्सास र जर्मनीको बर्लिन प्लान्ट सञ्चालनमा आइसकेकाले टेस्साले अवस्था सामान्य भए २०२२ मा संसारभर २० लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ।

images

प्रकाशित : शनिबार, असार ११ २०७९०१:५५

प्रतिक्रिया दिनुहोस