शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सुजुकीको नयाँ ब्रेजा : थपिँदै छन् २० आधुनिक विशेषता

images
शुक्रबार, असार १० २०७९
images
images
सुजुकीको नयाँ ब्रेजा : थपिँदै छन् २० आधुनिक विशेषता

हालको ब्रेजामा पछिल्लो सिटमा एसीभेन्ट उपलब्ध छैन। २०२२ ब्रेजामा भने पछिल्लो सिटमा समेत एसीभेन्ट हुनेछ। त्यस्तै पछिल्लो सिटमा पनि टाइपसी यूएसबी चार्जिङ पोर्ट राखिएको छ। 

images
images

काठमाडौं- पछिल्लो समय विश्वभर नै एसयूभी ‘प्लेभर’का कारको काग बढ्दै गएको छ। ह्याचब्याक कार तुलनात्मक रुपमा सानो हुने र सेडान कारको क्लियरेन्स काम हुने भएकाले क्रसओभर कार प्रति उपभोक्ताको रुची बढेको छ। 

images
images

त्यसैको परिणाम स्वरुप सबैजसो कार उत्पादक कम्पनीले क्रसओभर सेगमेन्टका उत्पादन बजारमा ल्याएका छन् नै। भारत तथा नेपाली बजारमा अफरोड बाटोहरु अलि बढी भएकाले झनै यो सेगमेन्टका कारको माग उल्लेख्य रुपमा बढेको पाइन्छ। 

images
images

क्रसओभर सेगेमन्टका कारमा उत्पादनले गति लिन थालेको दशक नाघेको छ। यो क्रम अहिले बढ्दो क्रममा रहेको छ। नेपालमा आउने करिब ९० प्रतिशत कार भारतमा नै उत्पादन छन्। त्यसैले भारतीय बजारमा राम्रो बिक्री भएका सबैजसो कारले नेपालमा समेत उल्लेख्य बिक्री हासिल गर्दै आएका छन्। 

images
images

विभिन्न कम्पनीका क्रसओभरहरु मध्येको एक हो सुजुकीको ब्रेजा। ब्रेजाको पेट्रोल भर्सनसमेत नेपाली बजारमा आइसकेको छ। भारतमा मारुती सुजुकीले अल न्यू ब्रेजा सार्वजनिक गर्ने तयारी गरिसकेको छ। भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा आउने छ। 

भारतमा जस्तै नेपाली बाजरमा पनि सुजुकीको ब्रेजा निक्कै लोकप्रिय क्रसओभर एसयूभी कार हो। सुजुकीका कार नेपाली बजारमा सीजी मोटो कर्पले बिक्री गर्दै आएको छ। कम्पनीले उपलब्ध गराएको उत्कृष्ट सर्भिस, तथा स्पेय पार्टसको उपलब्धताले पनि सुजुकीका कारको बिक्री उल्लेख्य रुपमा बढेको हो। 

सुरुमा सुजुकीले भिटारा ब्रेजा नाम दिएको थियो भने अहिले कम्पनीले यसको नाम ब्रेजा मात्र राखेको छ। यहाँ सुजुकीको नयाँ आउन लागेको २०२२ ब्रेजामा थपिएका विशेषता बारे उल्लेख गरिएको छ।  

नयाँ आउने ब्रेजामा इलेक्ट्रिक सनरुफ हुनेछ। यो कार मारुती सुजुकीको पहिलो सनरुफयुक्त कार हुनेछ। सिंगल प्यानल इलेक्ट्रिकल्ली चल्ने सनरुफले नयाँ ब्रेजालाई थप आर्षक बनाउने छ। 

नयाँ ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ। यो सिस्टम कम्पनीकै स्मार्टप्ले प्रो प्लस सिस्टमबाट सञ्चालन हुनेछ।

मारुती सुजुकीले नयाँ ब्रेजामा सुजुकी कनेक्ट विशेषता राख्ने भएको छ। यसमा ४० वटाभन्दा बढी विशेषताहरु उपलब्ध हुनेछन्। 

नयाँ ब्रेजामा फ्ल्याट बटन स्टेरिङ ह्वील हुने र यो मल्टी फङसनल हुनेछ। यो अहिलेको ब्रेजाको तुलनामा बढी स्पोर्टी समेत देखिनेछ। 

हालको ब्रेजामा पछिल्लो सिटमा एसीभेन्ट उपलब्ध छैन। २०२२ ब्रेजामा भने पछिल्लो सिटमा समेत एसीभेन्ट हुनेछ। त्यस्तै पछिल्लो सिटमा पनि टाइपसी यूएसबी चार्जिङ पोर्ट राखिएको छ। 

नयाँ २०२२ ब्रेजामा १३७ एमएमको फराकिलो रेयर सिट स्पेस छ भने व्याविन स्पेस समेत बढाइएको कम्पनीले जनाएको छ। 

मारुती सुजुकीले नयाँ ब्रेजामा ६ वटा एयरब्याग उपलब्ध गराउने छ। त्यस्तै कम्पनीले कारको अन्य सुरक्षा विशेषतासमेत थपेको छ। 

नयाँ ब्रेजामा नयाँ नै इस्ट्रुमेन्ट क्लस्टर राखिएको छ भने कारमा ३६० डिग्री क्यामरा जडान गरिएको छ। यस्तो क्यामरा बलेनोमा समते राखिको छ। 

सुजुकीले नयाँ ब्रेजामा एलईडी डीआरएलसहित डुअल एलईडी प्रोजेक्टर हेडल्याम्प राखेको छ। यसको डिजाइन भिन्न रहेको र टेललाइट समेत परिमार्जन गरिएको कम्पनीले जनाएको छ। 

सुजुकीले उत्पादन गरेको नयाँ के१५सी पेट्रोल इन्जिन नयाँ ब्रेजामा हुनेछ। यो इन्जिन पछिल्लो पटक सार्वजनिक भएका सुजुकी इर्टिगा र २०२२ एक्सएल६ मा समेत राखिएको छ। १.५ लिटर एनए इन्जिनले १०३ पीएस पावर र १३८.८ एनएम टर्क जेनेरेट गर्छ। 

२०२२ ब्रेजामा ६ स्पीडको अटोमेटिक ट्रान्समिसन हुनेछ। म्यानुअल गेयर बक्सन भने ५ स्पीडमै उपलब्ध हुने कम्पनीले जनाएको छ।


प्रकाशित : शुक्रबार, असार १० २०७९१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend