शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

दैनिक ४ वटा बिक्री हुने निसान म्याग्नाइटमा के छ खास?

images
बिहीबार , असार ९ २०७९
images
images
दैनिक ४ वटा बिक्री हुने निसान म्याग्नाइटमा के छ खास?

निसानले म्याग्नाइटलाई कम मूल्यमा ल्याउन कै लागि यो कारमा १.० लिटर क्षमताको इन्जिन जडान गरेर दुई इन्जिन अप्सनमा बजारमा ल्याएको हो। म्याग्नाइट न्याचुरल्ली एस्पीरेटेड र टर्बो इन्जिन उपलब्ध रहेको छ। 

images
images

काठमाडौं- जापानी ब्रान्ड निसानका कार नेपाली बजारमा विगत लामो समयदेखि बिक्री हुँदै आएको छ। विगतको बिक्रेता फेरिएर २०७४ देखि सारडा समूह अन्तर्गतको पायोनियर मोटोकर्पले निसानका कार नेपाली बजारमा बिक्री गर्दै आएको छ। 

images
images

पायोनियरले निसान ब्रान्ड लिएको बखतमा समेत निसानका कार सीमित संख्यामा मात्र बिक्री हुन्थ्यो। जति बेला निसानका महँगा र ठूला गाडीमात्र उपलब्ध थिए। त्यो समय निसानका सन्नी, एक्सट्रेललगायत कार बिक्री हुँदै आएको थियो। तर जब निसानले भारतीय बजारलाई लक्षित गरि कार उत्पादन गर्न थाल्यो त्यसपनि भने उसको बिक्री संख्यामा समेत उल्लासपूर्ण बढोत्तरी आउन थाल्यो। 

images
images

निसानले अलि ठूलो आकारको टेरानो कार ल्यायो, त्यसपछि फरक डिजाइन सहितको किक्स कार ल्यायो। यसले उपभोक्तालाई निसानको कार प्रति थप आकर्षित गर्‍यो। पातलिँदै गएको निसान कारको उपस्थिथिलाई टेरानो र किक्सले रोकेनन् मात्र बाहुल्यता बाक्लो बनाउँदै लगे। 

images
images

निसानले मध्यम रेन्जको क्रसओभर कारको परिकल्पना गरेर विशेषगरि भारतीय बजारलाई लक्षित गरि नयाँ कार म्याग्नाइट सार्वजनिक गर्‍यो। क्रसओभर सेगमेन्टको यो कार विशेषता र डिजाइनका कारण सुरुवाती समयमै चर्चा बटुल्न सफल भयो। भारतमा उल्लेख्य संख्यामा बिक्री हासिल गरेको र ठूलो संख्यामा बुकिङ रहेकै समयमा यो कार नेपाल भित्रियो। 

निसान म्याग्नाइट नेपाली बजारमा २०२१ फेब्रअरी २२ मा औपचारिक रुपमा सार्वजनिक भएको थियो। सार्वजनिक भएलगतै यसको माग तथा चर्चा चुलियो। परिणामतः सार्वजनिक भए पश्चात ७४ दिनमै ५ सय ७८ वटा निसान म्याग्नाइट बिक्री भएको दाबी कम्पनीले गरेको थियो। 

२०७८ असोजसम्ममा पायोनियर मोटोकर्पले नै नेपाली बजारमा १ हजार १११ वटा निसान म्याग्नाइट कार बिक्री भइएको जनाएको थियो। 

magnite inte.jpg

२०२१ को अप्रिलदेखि २०२२ मार्चसम्म निसानको म्यागनाइट कार १ हजार ३ सय ८३ वटा नेपाल भित्रिएको तथ्यांक छ। उक्त कार दैनिक औषतमा ३.७८ अर्थात करिब ४ वटा बिक्री भएको देखिन्छ। नेपाल आएका सबै कार बिक्री भइसकेको छ। सुरुवाती समयमा त म्याग्नाइट लिनका लागि पालो कुर्नुपर्ने अवस्था थियो। 

सब फोर मिटर सेग्मेन्टमा निसान म्याग्नाइट नेपालमा निकै रुचाइएको मोडलमा पर्छ। जापानी कम्पनी निसान नेपालमा करिब ३८ वर्षदेखि निरन्तर बिक्री हुँदै आएको छ। 

जापानी ब्राण्ड नेम मात्र होइन, निसान म्याग्नाइटको सफलतमा कम्पनीले उपलब्ध गराएको विशेषता, डिजाइन र कारको मूल्य पनि मुख्य कारण मान्नुपर्छ। म्याग्नाइट भारतसँगै नेपाली बजारमा समेत धेरै रुचाइएको कार हो। ।

कारको डिजाइनमा मानिसले सबैभन्दा पहिलो ध्यान जाने गरेको छ। कार किन्नुअघि यसको लुक्समा धेरै ध्यान दिने गरेको छन्। म्याग्नाइटको अगाडि भागमा प्रयोग भएको ठूलो ग्रिल, स्लीम एलइडी डे टाइम रनिङ लाइट, एलइडी फगल्याम्प, स्पोटी बडी डिजाइनको कारण यो गाडी सडकमा गुडिरहेको देख्दा जोकोहिको ध्यान सहजै खिच्छ। म्याग्नाइट मनपराइनुको यो मुख्य कारणमा पर्छ। 

दोस्रो कारण यो कारमा अत्धिक विशेषताहरु उपलब्ध गराइएको छ। म्याग्नाइटको टप स्पेकमा वायरलेस चार्जर, वायरलेस एप्पल कार प्ले, जेबीएलको साउन्ड सिस्टम, रियर एसी भेन्ट, ३६० डिग्री क्यामेरा, उत्कृष्ट इन्फोटेन्टमेन्ट सिस्टम जस्ता विशेषता समावेश गरिएको छ। म्याग्नाइटलाई सुरक्षीत एसयूभी बनाउन कम्पनीले ट्रायाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, एबीएस, इबीडी, कम्तीमा दुई एयरव्यागलगायत सुरक्षा विशेषता दिएको छ। 

mang.jpg

नेपालमा उपलब्ध क्रसओभर एसयूभी सेगमेन्टका धेरैजसो कारमा सेमिडिजिटल क्लस्टर उपलब्ध छ। तर निसान म्याग्नाइटमा भने पूर्णडिजिटल क्लस्टर रहेको छ। म्याग्नाइटमा २५०० एमएमको ह्वीलवेस, १७५८ एमएम चौडाई र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स छ। 

सुरक्षा विशेषता पश्चातको तेस्रो विशेषता भनेको यो कार तुलनात्मक रुपमा कम मूल्यमा पाइनु हो। तथापी हाल यो कारको मूल्य सार्वजनिक गर्दाको समयको तुलनामा २ लाख ५१ रुपैयाँ मूल्य बढी सकेको छ। 

पहिलो पटक सार्वजनिक गर्दा निसान म्याग्नाइट वेस भेरियन्टको मूल्य २९ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो। हाल म्यागनाइट वेसको मूल्य ३१ लख ९९ रुपैयाँ कायम भएको छ।  पायोनियर मोटोकर्पले टप भेरियन्टको मूल्य सुरुमा ४२ लाख रुपैयाँ तोकेको थियो भने अहिले यो ४६ लाख रुपैयाँ पुगेको छ। 

निसानले म्याग्नाइटलाई कम मूल्यमा ल्याउन कै लागि यो कारमा १.० लिटर क्षमताको इन्जिन जडान गरेर दुई इन्जिन अप्सनमा बजारमा ल्याएको हो। म्याग्नाइट न्याचुरल्ली एस्पीरेटेड र टर्बो इन्जिन उपलब्ध रहेको छ। 

कम मूल्यमा म्याग्नाइट खोज्नेहरुका लागि सामान्य इन्जिनयुक्त र धेरै पावर चाहने उपभोक्ताका लागि टर्बो चाज्र्डवाला कार किन्न सक्ने छन्। उपभोक्ताको आवश्यकताअनुसार म्याग्नाइट खरिद गर्न सक्छन्। म्याग्नाइटमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ भने यो कार विभिन्न ६ कलर अप्सनमा उउपलब्ध रहेको छ।


प्रकाशित : बिहीबार , असार ९ २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend