शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजारमा देखियो सुधार : ठूला लगानीकर्ताको चलखेल कि घट्दो बजारमा विश्राम?

images
मंगलबार, असार ७ २०७९
images
सेयर बजारमा देखियो सुधार : ठूला लगानीकर्ताको चलखेल कि घट्दो बजारमा विश्राम?
images
images

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा मंगलबार हरियाली देखिएको छ। थामिने आधार नभेटिएर ओरालो लागिरहेको सेयर बजार मंगलबार ३९.९३ अंकले बढेर १९२४.७४ बिन्दुमा पुगेको छ। मंगलबार १ अर्ब २५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। 

images
images
images

उच्च अंकबाट लगातार घटिरहेको सेयर बजार सोमबार अघिल्लो बुलको उच्च बिन्दु १८८१ नजिक पुगेको थियो। २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो। सोमबार ४९.३१ अंकले घटेर सेयर बजार १८८४.८१ बिन्दुमा झरेको थियो। यो साता पहिलो कारोबारमा आइतबार ३७.२७ अंकले घटेर बजार १९३४.११ बिन्दुमा झरेको थियो।

images
images

पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे सं‌सदमा समेत बारम्बार कुरा उठिरहेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा समेत सांसद सुवालले नेपाल धितोपत्र बोर्ड परिसरमा सेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुधारको माग गरेका थिए। त्यसअघि कांग्रेस सांसद गगन थापाले पनि सेयर बजारप्रति सरकार अनुदार बन्न नमिल्ने बताएका थिए।

images
images

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर सेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद भन्छन् : राष्ट्र बैंकले जोखिम उठाएर भए पनि सेयर बजारमा सुधार ल्याउनुपर्‍यो सांसद भन्छन् : राष्ट्र बैंकले जोखिम उठाएर भए पनि सेयर बजारमा सुधार ल्याउनुपर्‍यो

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको विश्लेषण पनि भइरहेका छन्। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। लगानीकर्ता हौसिएको अवस्थामा बजारले उतारचढावको यात्रा समातिरहँदा ठूला लगानीकर्ताको चलखेल बढ्दै बजारमा अन्य सूचकहरू समेतले साथ दिन सकेन। सरकार परिवर्तनसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी गिरिरह्यो। अहिले नयाँ मौद्रिक नीतिको आशमा रहेका लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै छन्। 

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहेको विश्लेषकहरूले बताउँदै आइरहेका छन्। आज मंगलबार बढेको बजारले सकारात्मक बाटोको संकेत गरेको हो या बजार अझै चलखेलमा नै रहेको छ भन्ने यकीन आधार देखिँदैन। 


प्रकाशित : मंगलबार, असार ७ २०७९०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend