मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

संसदमा फेरि उठ्यो सेयर बजारको विषय, सांसद भन्छन्- कारोबार उत्पादनमूलक भएन

सोमबार, असार ६ २०७९
संसदमा फेरि उठ्यो सेयर बजारको विषय, सांसद भन्छन्- कारोबार उत्पादनमूलक भएन

काठमाडौं- लगातार गिरावट आइरहेको सेयर बजारका बारेमा संसदमा समेत बारम्बार कुरा उठिरहेको छ। सेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ।

सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका थिए। 

सांसद सुवालले नेपाल धितोपत्र बोर्ड परिसरमा सेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए। सांसद सुवालले लिखित परीक्षाबिना नै सेयर ब्रोकरहरू थप्ने काम सुरू भएको भन्दै त्यसमासमेत सुधारको माग गरे।

यसअघि गएको साता प्रतिनिधि सभाकै बैठकमा कांग्रेस सांसद गगन थापाले पनि सेयर बजारप्रति सरकार अनुदार बन्न नमिल्ने बताएका थिए। थापाले सेयर बजारमा लिइएको अस्थिर नीतिका कारण बजारका साना लगानीकर्ता उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल समस्या पहिचान गरि सम्बाेधन गर्न माग गरेका थिए। 

सेयरबजारप्रति अनुदार नबन्न गगन थापाकाे आग्रह सेयरबजारप्रति अनुदार नबन्न गगन थापाकाे आग्रह


प्रकाशित : सोमबार, असार ६ २०७९१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend