मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच 'बिग मर्जर'को सम्झौता

बिहीबार , असार २ २०७९
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच 'बिग मर्जर'को सम्झौता

मर्जर सहमतिपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्। 

काठमाडौंं- ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने सम्झौता गरेका छन्। दुबै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको हो। दुई बैंकबीच १००ः१०० अनुपातमा जानेगरी सम्झौता दिएको हो। 

मर्जर सहमतिपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्। 

ग्लोबल र बैंक अफ काठमाण्डू मर्जरमा गएमा ३४ अर्ब ४१ करोड रुपैयाँ चुक्तापुँजीको बैंक बन्नेछ। ग्लोबल आईएमई बैंकको चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको १० अर्ब ६२ करोड रुपैयाँ छ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि बन्‍नेछ देशकै ठूलो बैंक, यस्ता छन् मुख्य सूचक  ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि बन्‍नेछ देशकै ठूलो बैंक, यस्ता छन् मुख्य सूचक 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए। 

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । 

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट शिफारिस भइ आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

मर्जर पश्चात् बैंकको कुल पुँजी रु. ५२.२९ अर्ब, चुक्तापूँजी ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कुल कर्जा ३८० अर्ब सहित कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ। 


प्रकाशित : बिहीबार , असार २ २०७९०४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend