शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा    

images
आइतबार, जेठ २९ २०७९
images
images
टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा    
images
images

काठमाडौं- भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेनभोल्टज जेनेरेटर बिक्री सुरु गरेको छ। भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ। 

images
images

विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि छ। २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडमा चलाउन सकिन्छ। 

images
images

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा कम्पनीले गरेको छ। ‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री सुरु गरेका छौं। टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिवद्ध छ,’ टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले भने। 

images
images

टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्ने विश्वास उनको छ। सिप्रदी ग्रुप दशकौंदेखि टाटाका कमर्सियल गाडीहरुको बिक्री तथा सेवा सम्बन्धि कार्यलाई उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रतिवद्ध छ। र यही प्रतिवद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा कम्पनी विश्वस्त रहेको कृष्णनले बताए।  

यसैगरी सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफ्नो स्थापनाकालदेखि नै आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपि ग्राहकहरुको इच्छा र आवश्यकताहरुलाई परिपूर्ति गर्न प्रतिवद्ध रहेको बताए। टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ उर्जा प्रदान गर्नेछ। हामी पूर्ण विश्वस्त छौं कि टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुने श्रष्ठले बताए। 

सीपीसीबी २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरि उत्कृष्ट कार्यक्षमता दिनेछ। यसका विशेष प्रकारको इन्जिनको आयु लामो छ। यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ।  

निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त छ।


प्रकाशित : आइतबार, जेठ २९ २०७९११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend