सोमबार, मंसिर १० गते २०८१    
images
images

अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन

images
बुधबार, जेठ २५ २०७९
images
images
अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन
images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ।

images
images
images

प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ। प्राधिरकणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा पुगाएको छ। प्राधिकरणले उपत्यकामा जडान गरिरहेको स्मार्ट मिटरको सहज सञ्चालनका लागि पनि त्यसले काम गर्नेछ।

images

प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिएको जनाएको छ। काठमाडौँको स्युचाटारस्थित भारप्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको केन्द्र निर्माणाधीन छ। केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

images

उक्त केन्द्रमा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ। यसमा उपत्यकाका सबस्टेशन तथा स्विचिङ स्टेशन जोडिनेछन्। केन्द्रबाटै ११ केभीभन्दा मुनिका ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ। साथै त्यहाँ अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर रहनेछ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायतका सबै डाटाहरु एकीकृत रुपमा रहनेछन्।

‘प्री फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमान्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ। तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहनेछन्। सिभिल संरचनाको निर्माण सम्पन्न भएकाले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि थप दुई÷तीन महिना लाग्ने छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकाले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे। 

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो। नेपाल सरकार एवम् एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर रहेको छ।  

वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकीकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ। आगामी दिनमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने छ।


प्रकाशित : बुधबार, जेठ २५ २०७९१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend