आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

विद्युत व्यापारमा निजी क्षेत्र जोडिने, आगामी वर्ष ७०० मेगावाट बिजुली उत्पादन

मंगलबार, जेठ १० २०७९
विद्युत व्यापारमा निजी क्षेत्र जोडिने, आगामी वर्ष ७०० मेगावाट बिजुली उत्पादन

काठमाडौं- विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराइने भएको छ।

विद्युत निर्यातमा समेत निजी क्षेत्रलाई सहभागी गराइने सरकारको योजना छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममार्फत नेपाल र भारत सरकारबीच भएका सम्झौतालाई कार्यान्वयन गराइनेसमेत बताएकी छिन्।

जलाशययुक्त आयोजना निर्माणमा जोड दिइने भएको छ। आगामी वर्ष थप ७०० मेगावाट बिजुली उत्पादन गरिने छ भने ४०० केभी प्रशारण लाइन निर्माणको सुरुवात गरिने छ।

साथै दुर्गमा क्षेत्रमा सौर्य र बैकल्पिक उर्जा मार्फत २५ हजार घरमा बिजुली पुर्‍याउने समेत घोषणा गरिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend