शुक्रबार, चैत १६ गते २०८०    
images
images

बजेटमा बुढीगण्डकी आयोजनालाई उच्च प्राथमिकता, जनतालाई ३० अर्बको सेयर

images
images
बजेटमा बुढीगण्डकी आयोजनालाई उच्च प्राथमिकता, जनतालाई ३० अर्बको सेयर
images
images

काठमाडौं- सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा मुख्य प्राथमिकता दिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कम्पनी मोडलमा बनाउने टुंगो लगाएसँगै बजेटमा मुख्य प्राथमिकतामा पर्न लागेको हो। 

images
images
images

तीन साताअगाडि सरकारले चिनियाँ गेजुवा कम्पनीलाई दिने निर्णय खारेज गर्दै बुढीगण्डकी जलविद्युत आयोजना आफै बनाउने निर्णय गरेको थियो। ‘आगामी बजेटमा बुढीगण्डकी आयोजना प्राथमिकतामा परेको छ,’ ऊर्जा मन्त्रालयका प्रवक्ता मधु भेटवालले भने।

images

विगतमा कसले बनाउने भन्ने विषय टुंगो नलगाउँदा समस्या आएपनि सरकारले आफै बनाउने निर्णय भएकोले अब निर्माणको चरणमा जानेगरी बजेटमा व्यवस्थापनमा जानेसमेत भेटुवालले बताए। 

images
images

बुढीगण्डकीमा अहिलेसम्म ३३ अर्ब ५० करोड रूपैयाँ मुआब्जा वितरण भइसकेको छ। चालु आर्थिक वर्षमा थप ५० करोड रूपैयाँ वितरण गर्ने योजना रहेपनि खर्च भएको छैन। ‘बजेट खर्च भएका छैनन्, अब आउने वर्ष मुआब्जा र आयोजना बनाउनका लागि कम्पनी खडा गर्ने सम्मका कामहरु सबै सम्पन्न हुने छ,’ भेटवालले भने।

आगामी वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी बजेटकाे व्यवस्थापन सरकारले बुढीगण्डकी आयाेजनलाई गर्न लागेकाे हाे। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कम्पनी मोडलमा बुढीगण्डकी आयोजना निर्माण गर्नेगरी मोडालिटी टुंगो लगाइसकेको छ। ऊर्जा मन्त्रालय स्रोतका अनुसार कम्पनी मोडलमा जानेगरी प्रस्ताव तयार पारेको तर चुनावका कारण अलमल भएकोले अब केही दिनभित्रै मन्त्रिपरिषदमा निर्णयका लागि पेश गरिने छ। 

nabil2 - Copy.jpg

प्रारम्भिक प्रस्तावअनुसार बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी खडा गरिएपछि निजी र सरकारी सबै क्षेत्रबाट लगानीका लागि सरकारले प्रस्ताव आह्वान गर्ने छ। निर्माण सुरु भएपछि केही प्रतिशत सेयर सर्वसाधारण र प्रभावित क्षेत्र गोरखा र धादिङका स्थानीयलाई दिइनेछ। 

जनतालाई १० देखि २१ प्रतिशतसम्म सेयर लगानी गर्न पाउनेगरी प्रस्ताव तयार पारिएको छ। १० प्रतिशत दिँदा पनि जनतालाई ३० अर्बको सेयर जारी गरिने छ। ‘सम्भवत १० प्रतिशत जनतालाई लगानी गर्न पाउनेगरी आयोजना मोडललाई अगाडि बढाइने छ,’ ऊर्जा स्रोतले भन्यो। 
ऊर्जा स्रोतका अनुसार सञ्चयकोष, नागरिक लगानीकोष, विद्युत प्राधिकरण, नेपाल आयाल निगम, निफ्रा, एचआइडीसीएलसहितका कम्पनीहरुलाई पनि संस्थापक लगानीकर्ता बनाउनेगरी सकारले तयारी गरेको छ। ‘सोही विधिबाट लगानी जुटाउने हो र सकिन्छ भन्ने ऊर्जा मन्त्रालयको निष्कर्ष हो,’ ऊर्जा स्रोतले भन्यो। 

गत २४ गते मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारको निर्णय खारेज गरेको थियो। ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावमा कम्पनी मोडलमा जाने र त्यसका लागि स्रोत जुटाउने समय दुई वर्ष राख्ने तयारी भएको छ। गैरआवसीय नेपालीलाई समेत लगानी गर्न आह्वान गर्ने तयारी सरकारको छ। मन्त्रालयका अनुसार स्रोत सुनिश्चित गराउन कम्तीमा दुई वर्ष लाग्ने अनुमानसमेत गरिएको छ। 

केपी शर्मा ओली नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो। ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदमा पुगेको चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज भएपनि मन्त्रालयले मोडालिटीको प्रस्ताव भने मन्त्रिपरिषदमा लगेको थिएन। 

१२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागत विगतकै अनुमान गरिएकै हाराहारी हुनेसमेत गरिएकाे छ। सरकारले स्वदेशमै २ खर्ब ६० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँ लगानी जुटाउनेगरी कम्पनी मोडलको विषय प्रारम्भिक प्रस्तावमा उल्लेख गरेको थियो। 

nabil2 - Copy.jpg

सरकारले निर्माण प्रक्रियामा लैजान नसकेको बुढीगण्डकी आयोजना निर्माणको लागत १ खर्ब रूपैयाँ बढ्ने अनुमान गरिएको थियो। विगतको विस्तृत अध्ययन प्रतिबेदन (डीपीआर) मा तोकिएको लागत बढाउन लागिएको थियो। आयोजनाको लागि अध्ययनपछि २ खर्ब ६० अर्ब रूपैयाँ लागत अनुमान गरिएको थियो।

प्रतिबेदनमा प्रतिमेगावाट २२ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको सहायक संस्था एनईए इन्जिनियरिङ कम्पनीलाई बुढीगण्डकीको लागतअनुमान पुनरावलोकन गरेर प्रतिवेदन पेस गर्नका लागि निर्देशन दिएकी थिइन्।  

तत्कालीन योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा आधारमा बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी प्रस्ताव तयार पारिएको थियो। सोही प्रस्तावको वरपर रहेर नयाँ प्रस्ताव तयार पार्ने योजना ऊर्जाको छ। 

images

प्रकाशित : बिहीबार , जेठ ५ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ