शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नेपालमा आधिकारिक बिक्रेताको सेयर बिक्री मर्सिडिजले गर्‍यो अस्वीकार

संरचना फेरिएपछि एलसी स्वीकारेन

images
मंगलबार, वैशाख २७ २०७९
images
नेपालमा आधिकारिक बिक्रेताको सेयर बिक्री मर्सिडिजले गर्‍यो अस्वीकार

मर्सिडिज बेन्जकै प्रतिनिधि नेपाल आएकाले अब भने यसबारे के गर्ने भन्ने औपचारिक निर्णय लिएर जर्मनी फर्कने तयारीमा रहेको स्रोतको भनाइ छ।

images
images

काठमाडौं- जर्मन विलासी कार निर्माता कम्पनी मर्सिडिजले नेपालका लागि आधिकारिक बिक्रेता दिपक गौतम एन्ड कम्पनी प्रालिले सेयर बिक्री गरेर बनाएको नयाँ संरचना अस्वीकार गरेको छ। दिपक गौतम एन्ड कम्पनीले आफ्नो ५० प्रतिशत सेयर शंकर समूहलाई बिक्री गरेको थियो। 

images
images
images

यसअघिका दुई साझेदारको सेयर दिपक गौतम एन्ड कम्पनीले शंकर समूहलाई बिक्री गरेको थियो। गएको फागुनमा मर्सिडिज बेन्जको नेपालका लागि आधिकारिक बिक्रेता दिपक गौतम एन्ड कम्पनी प्रालिले ५० प्रतिशत सेयर बिक्री गरि कम्पनीमा नयाँ साझेदार भित्र्याएको थियो। नयाँ साझेदार भित्र्याएसँगै दिपक गौतम एन्ड कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ साझेदारको विवरण अद्यावधिक गराएको थियो। 

images
images

योसँगै कम्पनीले मर्सिडिजको आधिकारिक बिक्रेताबाट खोलिने एलसीका लागि तोकिएको प्रतिनिधिसमेत परिवर्तन भयो। परिवर्तित संरचनासहितको कागजात पेश गरेर दिपक गौतम एन्ड कम्पनी (नयाँ सेयर संरचनापछि कम्पनीको नाम समेत परिवर्तन भएको हुन सक्छ)ले खोलेको एलसी मर्सिडिजले स्वीकृत गरेन र यो तथ्य बाहिर आएको हो। 

images
images

सेयर बिक्री भएसँगै कम्पनीको तर्फबाट तोकिएका आधिकारिक व्यक्ति बदलेर एलसी खोलिएकाले यसबारे मर्सिडिज जर्मनीले नेपाली कम्पनीलाई प्रश्न गरेको हो। त्यसैले अहिले मर्सिडिजले नेपाली कम्पनीले गाडी आयातका लागि खोलिएको एलसी स्वीकृत दिएको छैन।

मर्सिडिज बेन्जले परिवर्तित कागजातसहितको एलसी आएपछि जर्मनीबाट नेपालमै प्रतिनिधि पठाएको हो। अघिल्लो साता मर्सिडिजका प्रतिनिधि नेपाल आएका हुन्। यसअघि दिपक गौतम एन्ड कम्पनीको आधिकारिक व्यक्तिका रुपमा किरोशरचन्द्र बादे श्रेष्ठ थिए।  

मर्सिडिज बेन्जका विलासी कार दुई दशकभन्दा अघिदेखि नेपाली बजारमा आधिकारिक रुपमा बिक्री हुँदै आइरहेको छ।

अटोमोबाइल व्यापारमा आक्रामक बजार विस्तारको रणनीतिमा रहेको शंकर समूहले मर्सिडिजको व्यापारमा दिपक गौतम एन्ड कम्पनीको सेयरको ५० प्रतिशत सेयर खरिद गरेर प्रवेश गरेको थियो। पछिलो समय शंकर समूह अटोमोबाइल व्यापारमा आक्रामक रुपमा लागेको छ। 

जर्मन ब्रान्ड मर्सिडिज-बेन्जको व्यापारमा शंकर समूहको प्रवेश जर्मन ब्रान्ड मर्सिडिज-बेन्जको व्यापारमा शंकर समूहको प्रवेश

शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा भारतीय दुईपांग्रे ब्रान्ड टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ। तीन वर्षअघि जगदम्बा मोटर्सले मलेसियन ब्रान्ड प्रोटोनका कारसमेत नेपाल ल्याएर बिक्री गर्दै आएको छ। 

दिपक गौतम एन्ड कम्पनीमा यसअघि दिपक गौतम, विनोद सिंह, विकास राणा र किशोरचन्द्र बादे श्रेष्ठ गरि चार जना लगानीकर्ता थिए। उक्त कम्पनीमा रहेको विकास राणा र किशोरचन्द्र बादे श्रेष्ठको नाममा रहेको ५० प्रतिशत सेयर शंकर समूहले खरिद गरेको थियो। यसअघिका चारजना लगानीकर्ताको नाममा कम्पनीको समान सेयर हिस्सा थियो। 

यसअघि मर्सिडिजको आधिकारिक बिक्रेता दिपक गौतम एन्ड कम्पनी रहेको र कारसमेत यही कम्पनीको नाममा एलसी खुलेर आए पनि बिक्री तथा बिक्री पछिको काम भने किशोर गेयरले गर्दै आएको थियो। तर दिपक गौतम तथा विनोद सिंह किशोरचन्द्र बादे श्रेष्ठको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका थिए। 

सोही कारण उनीहरूले पुराना साझेदार राणा र श्रेष्ठलाई बिदा गरेर नयाँ साझेदार भित्र्याएका हुन्। हालसम्म काठमाडौंमा मर्सिडिज बेन्जको आफ्नै ‘फ्ल्यागसिप’ सोरुम छैन। नेपाल आएको मर्सिडिजको टोली सोरुम नदेखेपछि अझै चकित परेको हो। 

मर्सिडिज बेन्जकै प्रतिनिधि नेपाल आएकाले अब भने यसबारे के गर्ने भन्ने औपचारिक निर्णय लिएर जर्मनी फर्कने तयारीमा रहेको स्रोतको भनाइ छ। नेपालमा भएको सेयर बिक्री के हुने, पुरानैलाई दिने वा नयाँ संरचनालाई मान्यता दिने वा हाल कायम रहेको डिलरकै विषयमा पुनर्विचार गर्ने भन्ने विषय केही दिनमै टुंगिने छ। 


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९०५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend