शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

भारतबाट बिजुली आयात सहज बन्दै, आन्तरिक उत्पादन बढ्दा झनै राहत

जेठ १५ पछि भारतकाे बिजुली नचाहिने

images
images
भारतबाट बिजुली आयात सहज बन्दै, आन्तरिक उत्पादन बढ्दा झनै राहत
images
images

काठमाडौं- भारतबाट सहज रुपमा बिजुली आयात हुन थालेपछि उद्योगहरूमा भइरहेको लोडसेडिङ बन्द भएको छ। गत सातादेखि नै भारतबाट आउने बिजुली सहज रुपमा आयात हुन थालेपछि उद्योगीहरूलाई राहत भएको हो। 

images
images
images

बर्षात नियमित भएमा अबको १५ दिनपछि भारतबाट बिजुली आयात बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ। अहिले पनि केहीमात्रामा पानी पर्दा आन्तरिक उत्पादन बढ्न थालेकोले १५ दिनपछि भारतबाट बिजुली आयात रोकिने विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। 

images

चैत र बैशाखमा भारतमा ऊर्जासंकट भएपछि नेपालमा विद्युत आयातमा समस्या आएको थियो। जसका कारण उद्योगहरूमा लोडसेडिङको अवस्था आएको थियो। प्राधिकरणले भारतबाट आयात गरेको बिजुली विशेषत: उद्योगीलाई दिँदै आएको छ। नेपाल विद्युत प्राधिकरणले भारतमा ऊर्जासंकट भएपछि २० भारतीय रूपैयाँमा बिजुली खरिद गरेको थियो। जसको नेपाल आइपुग्दा प्रतियुनिट मूल्य ३८ रूपैयाँ खर्च भएको थियो।

images

भारतीय ऊर्जा आयोगले महँगो भएपछि हस्तक्षेप गरेर १२ रुपैयाँ भारु तोकेको थियो। चरम ऊर्जा संकटपछि बिजुली महँगो भएपछि गत महिना पनि भारतबाट आयात हुने बिजुली रोकिएको थियो। जसका कारण उद्योगहरूमा बिजुली आपूर्ति असहज भएको थियो भने कतिपय उद्योगहरूमा त बिजुली नै रोकिएको थियो। यसैले समस्या समाधानका लागि प्राधिकरणले महँगोमा नै भए पनि बिजुली खरिद गरेको थियो। भारतमा पुनः ऊर्जासंकट भएपछि नेपालमा बिजुली आयात रोकिएको थियो।  

images
images

अहिले बिजुली अभाव भए पनि नेपालमा गत भदौ असोजमा ४ सय मेगावाट बिजुली खेर गएको थियो।  प्राधिकरणका अनुसार गत वर्ष यही समयमा १३ सय मेगावाटमात्रै माग हुने गरेको थियो। अहिले १६ सय मेगावाट माग पुगेको छ। जबकि अहिले स्वदेशी उत्पादन ९ सय मेगावाट हाराहारी रहेको छ। 

अहिले नसोचेको क्राइसिस आउदा विश्वभर इनर्जीमा समस्या आएको प्रवक्ता भट्टराई बताउँछन्। भारतमा १ लाख ८० हजार मेगावाटबाट माग बढेर २ लाख पुगेको थियो। भारतमा ऊर्जा उत्पादनमा ठूलो समस्या देखा परेपछि एक्सचेञ्ज मार्केट हुने ९६ वटा प्लगमा २० हजार मेगावाट सप्लाइ हुने गरेको थियो।

४५ करोड युनिटको माग हुँदा सप्लाइ ८ करोडमात्रै भएपछि नेपालमा पनि समस्या आएको भट्टराई बताउँछन्। ‘भारतले अहिले विस्तार बिजुली सप्लाई बढाएकोले दैनिक ३ सय मेगावाट विजुली आयात भएको छ,’ भट्टराईले भने।

नेपालमा भारतले आयात गरेको बिजुलीमात्रै दिने गर्दछ। अहिले पिक डिमान्डमा ४ सय मेगावाट माग बढेको छ। अहिले हरेक दिनको डिमान्ड ३ करोड ५० लाख युनिट बिजुली रहेको छ। 

चैतमा उत्पादन बढ्दा समस्या समाधन भएको भएपनि बैशाखमा पुन: घटेपछि समस्या आएको थियो। पिक समयमा १४ सय मेगावाट बिजुली प्रधिकरणले दिइरहेको छ। असारको सुरुवातमा नेपालको २२ सय मेगावाट उत्पादन हुनेछ।

गत वर्ष ८ सय मेगावाट बिजुली उत्पादन आयात गरिएकोमा तामाकोशी आएपछि ३ सय मेगावाट आयातमा झरेको थियो। अहिले गत सातादेखि उद्योगमा बिजुलीको खासै समस्या नरहेको उद्योगी पशुपति मुरारकाले बताए। ‘अहिले अलि सहज भएको छ,’ मुरारकाले भने। 

२०० मेगावाट निर्यातको तयारी 

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरिसकेको छ।

प्राधिकरणले टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो। 

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने छ।  

images

प्रकाशित : मंगलबार, वैशाख २७ २०७९१२:५०

प्रतिक्रिया दिनुहोस