आइतबार, वैशाख ३० गते २०८१    
images
images

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एडीबीको अनुमान 

images
बिजनेस न्युज
images
images
यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एडीबीको अनुमान 

यो वर्ष मुद्रास्फिति भने ५ प्रतिशत पुग्ने बैंकले अनुमान गरेको। अघिल्लो वर्ष ६.२ प्रतिशतले बढेको मूल्यवृद्धि गएको वर्ष ३.६ प्रतिशतमा सिमित भएको थियो।

images
images

काठमाडौं- एसियाली विकास बैंक(एडीबी)ले यसअघि गरेको चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण संसोधन गरेको छ। 

images
images
images

यसअघि बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। बैंकले आज सार्वजनिक गरेको इकोनोमिक आउटलुक २०२१ मार्फत् प्रक्षेपण गर्दै यो वर्ष ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हात लाग्ने अनुमान गरेको हो। बैंकले यो वर्ष ५.२ प्रतिशतले मुद्रास्फिति हुने अनुमान गरेको छ। 

images

चालु वर्षका लागि सरकारले ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइसक्ने योजना बनाएको र सोहीअनुसार कार्यान्वयन भएमा आर्थिक गतिविधि सामान्य बन्दै जाने बैंकको विश्वास छ। 

images

यो वर्षका लागि सरकारले विस्तारकारी बजेट ल्याएको, स्वास्थ्य  सुरक्षाका क्षेत्रमा खर्च बढाउने सरकारी योजना भएकाले आर्थिक वृद्धिदरमा सुधार हुने बैंकको प्रक्षेपण छ। सामाजिक सुरक्षाको विस्तारबाट गरिब तथा जोखिममा रहेका नागरिकहरूको खर्चको क्षमता बढ्ने, रोजगारी सिर्जनामा सहयोग पुग्ने तथा कृषि उत्पादकत्व बढाउनेगरी नीति आएकाले अर्थतन्त्र विस्तार हुने बैंकले विश्वास लिएको छ। 

images
images

यो वर्षको मौद्रिक नीतिले ठूलो पुनर्कर्जा वितरणको लक्ष्य लिएको, प्राथमिकताप्राप्त परियोजनाका लागि सहुलियत कर्जाको दायरा बढेको तथा प्रभावित व्यवसायका लागि वित्तीय सहुलियत घोषणा गरेका कारण नेपालको अर्थतन्त्रमा सुधार हुने बैंकले बताएको छ। 

नेपाल सरकारले भने चालु वर्ष ७ प्रतिशतको वृद्धिदर हुने अनुमान गरेको छ। 

यो वर्ष मुद्रास्फिति भने ५ प्रतिशत पुग्ने बैंकले अनुमान गरेको। अघिल्लो वर्ष ६.२ प्रतिशतले बढेको मूल्यवृद्धि गएको वर्ष ३.६ प्रतिशतमा सिमित भएको थियो।

कोरोना कालमै रेमिट्यान्स आप्रवाहमा खासै प्रभाव नपरेको तथा विदेशी मुद्राको संचितिमा दवाव सिर्जना हुने खतरा नभएको बैंकले उल्लेख गरेको छ। यद्यपि यो वर्ष चालु खाता घाटा कूल ग्राहस्थ उत्पादनको ६ प्रतिशतमा सीमित हुने  अनुमान गरेको छ। गएको वर्ष यस्तो घाटा ८ प्रतिशत थियो। 

एडीबीले सन् २०२१ मा एसियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम हुने अनुमान गरेको छ। यसअघि ७.३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। २०२१ सुरु भएपछि फेरि कोरोना भाइरसको संक्रमण यो क्षेत्रमा बढेको भन्दै वृद्धिदर पहिलेको अनुमानको तुलनामा घटाइएको हो। 

२०२२ मा ५.४ प्रतिशतले बढ्ने अनुमान गरिकएको छ। 

दक्षिण एसिया क्षेत्रको वृद्धिदर भने ८.८ प्रतिशतले हुने बैंकले अनुमान गरेको छ। यसअघि ९.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थियो। सन् २०२२ मा यो क्षेत्रमा ७ प्रतिशतको वृद्धिदर कायम हुने बैंकले प्रक्षेपण गरेको छ। दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतमा यो वर्ष १० प्रतिशत र अर्को वर्ष ७.५ प्रतिशत हुने अनुमान गरिएको छ। 

images

प्रकाशित : बुधबार, असोज ६ २०७८०४:३२
  • सम्बन्धित विषय:

  • # एडीबी
  • # आर्थिकवृद्धिदर
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend