शनिबार, वैशाख १५ गते २०८१    
images
images

न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा

images
बिजनेस न्युज
images
images
न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा
images
images

लमजुङ- न्यादी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। मर्स्याङ्दी गाउँपालिका-६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली केही दिनदेखि उक्त प्रसारण लाइनमा जोडिएको हो। 
      
आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार नेपाल विद्युत् प्राधिकरणद्वारा पाँच दिनदेखि बिजुली उत्पादन परीक्षण गरेसँगै पाँच दिनअघिदेखि राष्ट्रिय प्रसारण लाइनमा आयोजनाको बिजुली जोडिएको छ।

images
images
images

प्राधिकरणले गत ६ गते मङ्गलबारदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गरेको थियो। सफल परीक्षण भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिन सफल भएको छ।

images

नदीमा पर्याप्त पानी नहुँदा दैनिक १० देखि १५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख अमात्यको भनाइ छ। रासस

images

images

प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०१:४१
प्रतिक्रिया दिनुहोस