शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

भारतबाट आउन छाड्यो बिजुली, उद्योगमा लोडसेडिङ

images
images
images
भारतबाट आउन छाड्यो बिजुली, उद्योगमा लोडसेडिङ

राति पनि बिजुली नपाएका उद्योगीले दिँउसो पनि फुलक्षमता उद्योग सञ्चालन गर्न बिजुली पाएका छैनन्।

images
images

काठमाडौं- सोमबार रातिदेखि भारतबाट बिजुली आयात बन्द भएको छ। भारतमा बिजुलीको संकटसँगै नेपालमा बिजुली आयात नै बन्द  भएको विद्युत प्राधिकरणका प्रवक्ता सरेश भट्टराईले बताए।

images
images
images

बिजुली आयात बन्द भएसँगै उद्योगमा लोडसेडिङ सुरु भएको छ। उद्योगले सोमबार रातिदेखि बिजुली पाएका छैनन्। बिजुली नपाएपछि रातभरी उद्योग बन्द भएको एक व्यवसायीले बताए।

images

राति पनि बिजुली नपाएका उद्योगीले दिँउसो पनि फुलक्षमता उद्योग सञ्चालन गर्न बिजुली पाएका छैनन्। दिउँसो पनि प्राधिकरणले उद्योगमा आधा क्षमतामा मात्रै बिजुली दिएका कारण उद्योग बन्द गर्नु पर्ने अवस्थमा पुगको छ।

images

प्राधिकरणले भारतबाट आयात गरेको बिजुली विशेषत उद्योगीलाई दिँदै आएको थियो। तर प्राधिकरणले फेरि बिजुली मूल्य बढेको भन्दै भारतबाट बिजुली आयात नगर्दा उद्योगी समस्या परेका छन्।

images
images

यता प्राधिकरण भने बढी मूल्यको बिजुली खरिद गरेर व्यवसायीलाई नदिने नीति लिएको छ। जसका कारण उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन्।

प्रतियुनिट ३८ रुपैयाँसम्ममा खरिद 

नेपाल विद्युत प्राधिकरणले भारतमा उर्जासंकट भएपछि २० भारतीय रूपैयाँमा बिजुली खरिद गरेको थियो। जसको नेपाल आइपुग्दा प्रतियुनिट मूल्य ३८ रूपैयाँ खर्च भएको थियो।

चरम ऊर्जा संकटपछि बिजुली महँगो भएपछि गत महिना पनि भारतबाट आयात हुने बिजुली रोकिएको थियो। जसका कारण उद्योगहरूमा बिजुली आपूर्ति असहज भएको थियो। भने कतिपय उद्योगहरूमा त बिजुली नै रोकिएको थियो। यसैले समस्या समाधानका लागि प्राधिकरणले महँगोमा नै भए पनि बिजुली खरिद गरेको थियो। भारतमा पुनः उर्जासंकट भएपछि नेपालमा बिजुली आयात रोकिएको हो। 

अहिले बिजुली अभाव भए पनि नेपालमा गत भदौ असोजमा ४ सय मेगावाट बिजुली खेर गएको थियो।  प्राधिकरणका अनुसार गत वर्ष यही समयमा १३ सय मेगावाटमात्रै माग हुने गरेको थियो। अहिले १६ सय मेगावाट माग पुगेको छ। जबकि अहिले स्वदेशी उत्पादन ९ सय मेगावाट हाराहारी रहेको छ। 

 

images

प्रकाशित : मंगलबार, वैशाख १३ २०७९०८:०५

प्रतिक्रिया दिनुहोस