शनिबार, मंसिर ८ गते २०८१    
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी एयरलाइन्सको उडान कति सम्भव?

images
शनिबार, वैशाख १० २०७९
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी एयरलाइन्सको उडान कति सम्भव?

जसरी विदेशी एयरलाइन्स कम्पनीलाई उताबाट यात्रु ल्याएर यात्रु लगेर जान सम्भव छ त्यो हामीलाई तत्काल सम्भव नभएको उनले बताए। तर स्वदेशी एयरलाइन्स कम्पनी भएको नाता र वैकल्पिक विमानस्थल भएकै कारण पनि उडान भने गर्ने उनको भनाइ छ।

images
images

काठमाडौं- करिब ३० अर्ब रुपैयाँको लागतमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नभएपनि नयाँ रनवेबाट आन्तरिक उडान सुरु भइसेको छ।

images
images
images

अन्तर्राष्ट्रिय उडान जेठ २ गतेबाट हुने निश्चित भइसकेको छ। जेठ २ गतेदेखि नै कुबेतको जजिरा एयरलाइन्सले उडान सुरु गर्नेछ। एयरलाइन्सले सातामा ३ वटा उडान गर्ने गरी उडान अनुमति लिइसकेको छ। सोहीअनुसार प्राधिकरणले सबै तयारी पुरा गरिसककेको छ।

images

तर जजिरा बाहेक अन्य स्वेदशी तथा विदेशी एयरलाइन्स कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने चासो देखाए पनि औपचारिक निर्णय गर्दै उडानका लागि अनुमति मागेका छैनन्। विदेशी एयरलाइन्स कम्पनीसँगै नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि उडानमा चासो देखाएका छन्।

images

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले यो मितिबाट यो गन्तव्यमा उडान गर्ने भनेर औपचारिक निर्णय गरेका छैनन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ, उडानका लागि के गर्दै भनेर हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलाई जिज्ञासा गर्दा उनले स्वदेशी एयरलाइन्स कम्पनीले आफ्नै देशको नयाँ विमानस्थलबाट उडान नगर्ने भने विषय नरहने त तत्काल नै उडानको विषयमा निर्णय भने गर्न नसक्ने बताए।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि कम्पनीले अध्ययन गरिरहेको छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘ अध्ययन रिपोर्ट आएपछि उडानको विषयमा निर्णय हुन्छ। तर सोचेजस्तो गौतम बुद्धबाट उडान गर्न भने तत्काल सम्भव छैन।’

अहिले हिमालयसँग ४ वटा जहाज छन्। यही जहाजबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न जहाज पनि अपुग हुने श्रेष्ठ बताउँछन्। अर्को विषय वेस बनाएर उडान गर्न बनाउनु पर्ने संरचना निर्माणमा पनि ठूलो खर्च हुने हुँदा कसरी गर्ने भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए।  

जसरी विदेशी एयरलाइन्स कम्पनीलाई उताबाट यात्रु ल्याएर यात्रु लगेर जान सम्भव छ त्यो हामीलाई तत्काल सम्भव नभएको उनले बताए। तर स्वदेशी एयरलाइन्स कम्पनी भएको नाता र वैकल्पिक विमानस्थल भएकै कारण पनि उडान भने गर्ने उनको भनाइ छ।

एउटा जहाजले उडान गर्ने सक्ने गन्तव्यबाट उडान गर्न सक्ने अवस्थामा केही सहज  हुने भएपनि  तत्कालका लागि त्यो सम्भावन पनि नभएको उनको भनाइ छ। ‘हिमालयले ढिलो चाडो उडान चाँहि गर्छ,’ उन भने, 'विमानस्थलबाट कसरी उडान गर्न सकिन्छ भनेर विभिन्न कोणबाट अध्ययन गरिरहेका छौं। त्यो रिपोर्ट नआउँदासम्म केही भन्न सक्ने अवस्था छैनन्।’

यसै विषयमा नेपाल एयरलाइन्सका उच्च पदस्थ कर्मचारीले सरकारी स्वामित्वको एयरलाइन्स कम्पनीले अहिले नै उडान गर्न सकिँदैन भन्दै सरकारलाई असहयोग गरेको हुने हुँदा उडान गछौं भन्नु परेको बताए।

तर अहिले रहेको जनशक्तिकै भरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सम्भव नभएको ती कर्मचारीको भनाइ छ। अर्को पाटो नेपाल एयरलाइन्ससँग भएको २ वटा एयरबस ३२० जहाज अहिले काठमाडौंबाट उडान गरिरहेको गन्तव्यका लागि पूर्ण छन्।

एयरबस ३२० अहिले फुल क्षमता उडिरहेको कारण पनि तत्काल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सम्भव नभएको ती कर्मचारीले बताए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि आन्तरिक छलफल भएपनि अध्ययन लगायतको काम भने नभएको स्रोतको दाबी छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा अहिलेको जहाज संख्याकै आधारमा भने हो भने पनि वाइडबडीबाट उडान हुने गन्तव्य पाउन मुस्किल छ।

गन्तव्य पाएपनि वाइडबडी जहाजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै राखेर उडान गर्न सकिँदैन। उदाहरणका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको एउटा एयर बस ३२० ले श्रीलंकाको कोलम्बोमा सातामा २ वटा उडान गर्ने अनुमति लियो भने पनि त्यो एयरलाइन्सका लागि असहज हुने ती कर्मचारीको भनाइ छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकाको कोलम्बो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाज त्यहाँ जानु पर्छ। त्यसरी जाँदा जहाजमा यात्रु हुँदैन। जहाजले गौतम बुद्धबाट श्रीलंका उडान गरेर गौतम बुद्ध नै फर्कन पर्छ। गौतम बुद्धमा फर्केपछि जहाज अर्को गन्तव्यको उडानका लागि काठमाडौं नै ल्याउनु पर्छ। यसबाट आउँदा  र जाँदाको समय र खर्चका कारण पनि तत्काल उडान सम्भव नभएको स्रोतको दाबी छ।

निगमसँग आवश्यक मात्रामा जहाज भएको भए केही सहज हुने सक्ने स्रोतको भनाइ छ। यसको अर्थ विदेशी एयरलाइन्स कम्पनीलाई गौतम बुद्धबाट उडान गर्न सम्भव छ स्वदेशी एयरलाइन्सलाई सहज नहुने एयरलाइन्स कम्पनीहरुले बताएका छन्। 


प्रकाशित : शनिबार, वैशाख १० २०७९१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend