शुक्रबार, साउन १६ गते २०८२    
शुक्रबार, साउन १६ २०८२
images
images

तिलौराकोट कपिलवस्तु संरक्षित  स्मारक क्षेत्र घोषणा

images
शनिबार, वैशाख १० २०७९
images
images
तिलौराकोट कपिलवस्तु संरक्षित  स्मारक क्षेत्र घोषणा
images
images

काठमाडौं- सरकारले तिलौराकाट कपिलवस्तु संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो। केही दिन अगााडि बसेको मन्त्रिपरिषद बैठकले संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।

images

मन्त्रिपरिषदको निर्णयपछि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संरक्षित स्मारक क्षेत्र घोषणाको सूचना राजपत्रमा समेत प्रकाशित गरेको छ।

images
images

सरकारी निर्णयअनुसार पूर्वमा मुख्य कपिलवस्तु दरबार क्षेत्रको पूर्व-दक्षिण तर्फको नगर भन्दा ५० मिटर पश्चिम, नहरको २ सय ५० मिटर  पश्चिम तर्फ रहेको ठाडो कुलो (बाणगंगा सिँचाई), नहरबाट तिलौरी जाने बाटोको तिलौरी चोकबाट १ सय ८६ मिटर पश्चिम, नहरबाट पश्चिम तर्फ २ सय मिटर जतिबाट तिलौरीतर्फ जाने बाटोसम्मको भार स्मार क्षेत्रमा पर्नेछ।

images
images
images

यसैगरी उत्तर सिमा तर्फ उत्तर-पूर्वतर्फ तिलौरा गाउँभन्दा १ सय १६ मिटर दक्षिण, उत्तर-पश्चिममा बाणगंगा नदीको बाँध, पश्चिम उत्तरतर्फ बाणगंगा नदीको किनार हुँदै तौलिहवा-गोरुसिंगे राजमार्ग अन्तर्गत बाणगंगा नदीको पुलसम्मको क्षेत्र स्मारक क्षेत्रमा पर्नेछ।

साथै पश्चिममा तौलिहवा-गोरुसिंहे राजमार्गको  पूर्वतर्फको भाग पनि स्मारक क्षेत्रमा पर्नेछ। यसैगरी दक्षिणमा चौबिस हजार चोकदेखि ६ सय मिटर उत्तरतर्फको भाग, दक्षिण-पूर्व तर्फ बाइस हजार चोकदेखि ६ सय मिटर, उत्तर तर्फको नहरबाट कन्थक स्तुपतर्फ जाने बाटो सिमलको रुख भएको चोकबाट पूर्वनहर तर्फ जाने बाटोको उत्तरतर्फको भाग (नहरदेखि पश्चिम ५० मिटर भित्र)को क्षेत्र पनि स्मारक क्षेत्रमा पर्ने छन्।


प्रकाशित : शनिबार, वैशाख १० २०७९११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend